नेपालले ‘इन्डिया ए’विरुद्ध घरेलु मैदानमा टी-२० सिरिज खेल्ने

नेपालले ‘इन्डिया ए’विरुद्ध घरेलु मैदानमा टी-२० सिरिज खेल्ने

केन्द्रबिन्दु
21
Shares

काठमाडौं । नेपालले घरेलु मैदानमा भारतको ‘इन्डिया ए’ टोलीसँग ऐतिहासिक तीन खेलको टी-२० क्रिकेट सिरिज खेल्ने पक्का भएको छ।

स्कटल्याण्डमा भइरहेको अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को सम्मेलनका क्रममा नेपाल क्रिकेट संघ (क्यान) र भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई) का पदाधिकारीहरूबीच भएको द्विपक्षीय वार्तामा यो ब्लकबस्टर सिरिजको टुंगो लागेको हो।

नेपालमा क्रिकेटको विकास र दुई देशबीचको खेलकुद सम्बन्धलाई थप बलियो बनाउने उद्देश्यले आयोजना हुन लागेको यो सिरिज कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सञ्चालन हुनेछ। क्यानले सार्वजनिक गरेको तालिका अनुसार यो रोमाञ्चक शृङ्खला आगामी डिसेम्बर ९ तारिखका दिन पहिलो टी-२० खेलबाट सुरु हुनेछ। त्यसैगरी दोस्रो खेल डिसेम्बर ११ मा र सिरिजको अन्तिम तथा तेस्रो खेल डिसेम्बर १३ मा खेल्ने तय भएको छ।

नेपाली क्रिकेट इतिहासमा भारतीय टोली नेपाल आएर सिरिज खेल्न लागेको यो अवसरलाई निकै महत्वका साथ हेरिएको छ।

Logo