काठमाडौं । सर्वोच्च अदालतले बालेन्द्र शाह नेतृत्वको सरकारले गठन गरेको सम्पत्ति छानविन आयोगलाई कुनै पनि काम अघि नबढाउन अन्तरिम आदेश दिएको छ ।
सरकारले २०६३/०६४ यता उच्च सार्वजनिक ओहदामा रहेकाहरुको सम्पत्ति छानविनका लागि आयोग गठन गरेर काम अघि बढाइरहँदा सर्वोच्चका न्यायाधीशद्वय टेकप्रसाद ढुंगाना र श्रीकान्त पौडेलले अन्तरिम आदेश जारी गरेका हुन् ।
साथै यो मुद्दालाई पूर्ण इजलासमा पठाउन पनि आदेश भएको छ ।






























