न्यु समिट कलेजमा सीआर तथा ‘एनएससी टिन्स फर लिडरसिप’ को नयाँ कार्यसमिति चयन, पदस्थापन सम्पन्न

न्यु समिट कलेजमा सीआर तथा ‘एनएससी टिन्स फर लिडरसिप’ को नयाँ कार्यसमिति चयन, पदस्थापन सम्पन्न

केन्द्रबिन्दु
42
Shares

काठमाडौं । शान्तिनगरस्थित न्यू समिट कलेजमा शैक्षिक सत्र २०८३ का लागि नवनिर्वाचित कक्षा प्रतिनिधि तथा ‘एनएससी टिन्स फर लिडरसिप’का पदाधिकारी एवं सदस्यहरूको पदस्थापन कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।

विद्यार्थीहरूको नेतृत्व र क्षमता विकासलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ कलेज प्राङ्गणमा आयोजित एक विशेष समारोहका बीच नयाँ समितिलाई जिम्मेवारी हस्तान्तरण गरिएको हो। नवगठित ‘एनएससी टिन्स फर लिडरसिप’ को सभापतिमा अन्जली नायक निर्वाचित भएकी छन् । नायकको सभापतित्वमा ११ सदस्यीय कार्यसमिति गठन गरिएको कलेज प्रशासनले जनाएको छ।

समारोहमा नवनिर्वाचित पदाधिकारीहरूले आफ्नो कार्यकालमा विद्यार्थीहरूको चौतर्फी विकासका लागि विभिन्न सिर्जनशील कार्यक्रमहरू सञ्चालन गर्ने प्रतिबद्धता जनाएका छन्। विशेष गरी कलेजमा अध्ययनरत विद्यार्थीहरूको क्षमता अभिवृद्धि तथा सीप विकासका कार्यक्रमहरूलाई प्राथमिकतामा राखिने नयाँ समितिले बताएको छ।

यसका साथै कलेज प्रशासन र आम विद्यार्थीहरूबीचको सम्बन्धलाई थप प्रगाढ, मधुर र परिपूरक बनाउन विभिन्न रचनात्मक एवं संवादात्मक कार्यक्रमहरू आयोजना गरिने योजना समेत अघि सारिएको छ।

Logo