बाँके,मंसिर, १०

मंसिर २१ गते हुने दोस्रो चरण अन्तर्गत प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि बाँके जिल्लामा थप सुरक्षा बल उपलब्ध गराउने योजनाका साथ विशेष तयारी गरिएको छ । "/>

दश मिनेटमै थप सुरक्षा बल उपलब्ध गराउने विशेष सुरक्षा तयारी

दश मिनेटमै थप सुरक्षा बल उपलब्ध गराउने विशेष सुरक्षा तयारी

केन्द्रबिन्दु
0
Shares

बाँके,मंसिर, १०

मंसिर २१ गते हुने दोस्रो चरण अन्तर्गत प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि बाँके जिल्लामा थप सुरक्षा बल उपलब्ध गराउने योजनाका साथ विशेष तयारी गरिएको छ ।जिल्ला प्रहरी कार्यालयले सबै मतदान केन्द्रमा आवश्यक परे १० मिनेटमै थप सुरक्षा बल उपलब्ध गराउने भएको छ । बाँके जिल्लामा १३६ मतदानस्थलमा ३२७ मतदान केन्द्र निर्धारित गरिएको क्षेत्रीय निर्वाचन अधिकारी वसन्तराज अधिकारीले बताए ।

प्रहरीका अनुसार मतदान हुने दिन मतदान केन्द्रको चार तहमा सुरक्षा हुनेछ, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र म्यादी प्रहरीले फरक फरक कोणबाट सुरक्षा निगरानी गर्नेछन् । संवेदनशील मानिएका जिल्लाका १२६ स्थानका लागि प्रहरी र सेनाको मोबाइल गस्ती परिचालन गरिने, अनुसन्धान अधिकारी खटाउने र निगरानीको विशेष व्यवस्था गर्ने सुरक्षा तयारी पूरा भएका छन् ।
गोरखापत्रबाट

Skip This
Skip This
Logo