पोखरा, ९ ,मंसिर
पोखरा–लेखनाथ महानगरपालिका–२५ हेम्जामा सञ्चालन भएको श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञको चौथो दिन शुक्रबार साँझ सम्म ५५ लाख संकलन भएको छ । "/>

प्राविधिक शिक्षालय निर्माणका लागि लगाइएको महायज्ञमा ५५ लाख संकलन

प्राविधिक शिक्षालय निर्माणका लागि लगाइएको महायज्ञमा ५५ लाख संकलन

केन्द्रबिन्दु
0
Shares

पोखरा, ९ ,मंसिर
पोखरा–लेखनाथ महानगरपालिका–२५ हेम्जामा सञ्चालन भएको श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञको चौथो दिन शुक्रबार साँझ सम्म ५५ लाख संकलन भएको छ । सो ठाउँमा रहेको अम्बिका माध्यमिक विद्यालयमा प्राविधिक शिक्षालय स्थापना गर्ने र विद्यालयका लागि थप जग्गा खरिद गर्ने उद्धेश्यले मंसीर ५ गते देखि महायज्ञ संचालन गरिएको थियो । महायज्ञमा विद्यालयका शिक्षकद्धय वोधराज भण्डारीले १२ आना ३ पैसा एक दाम र नेत्रपाणी भण्डारीले पाँच आना जग्गा विद्यालयलाई दान गर्नु भएको महायज्ञ आयोजक मूल व्यवस्थापन समितिका संयोजक केशव भण्डारीले बताए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शोभाकर भण्डारीले पाँच लाख, गुरुयोजना निर्माण समितिका अध्यक्ष तीर्थ लुईटेलले एक लाख १५ हजार ५५५, महायज्ञ आयोजक मूल समितिका अध्यक्ष केशव भण्डारीले एक लाख ५१ हजार १११ , सुभाष भण्डारीले एक लाख २५ हजार ५५५, नेत्रपाणी भण्डारीले एक लाख ५५ हजार ५५५, खगेन्द्रराज पौडेलले १ लाख १ हजार १११ सहयोग गरेका थिए ।  पण्डित दीनवन्धु पोखरेल वाचक र ध्रुवशरण सहवाचक रहनु भएको सो महायज्ञ मंसीर १२ गते सम्म चल्ने छ । महायज्ञमा तीन करोड संकलन गर्ने लक्ष्य राखिएको अध्यक्ष केशव भण्डारीले जानकारी दिए ।
रासस

Skip This
Skip This
Logo