काठमाडौं । राजावादी अभियन्त्ता तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई त्रिभुवन विमानस्थलबाट प्रहरीले नियन्त्रणमा लिएको छ।
उनी झापाबाट काठमाडौं ओर्लिएका थिए। तर युट्युवरहरुसँग विमानस्थलभित्रै कार्यक्रम गर्न लागेपछि प्रसाईंलाई नियन्त्रणमा लिएर प्रहरीले उनकै भक्तपुरस्थित निवास पुर्याएर छाडेको हाे ।
निषेधित क्षेत्रमा सार्वजनिक अभिव्यक्ति दिन खोजेपछि यो कदम चालिएको प्रहरीको भनाइ छ । यो घटनामा प्रसाईंको अभिव्यक्ति लिन पुगेका युट्युवरहरू भने निराश बनेका छन् ।






























