काठमाडौं । भारतीय विदेश मन्त्रालयका अतिरिक्त सचिव मन्नु महावर नेपाल भ्रमणमा आउने भएका छन्।
नेपालका प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणको चर्चा भइरहेका बेला महावर नेपाल आउन लागेका हुन् । उनी भारतीय विदेश मन्त्रालयमा चीन, नेपाल, भुटान हेर्ने नर्थ डिभिजन प्रमुख हुन्।
अतिरिक्त सचिव महावरले नेपाल भ्रमणका क्रममा दुई देशबीचको ऊर्जा संयन्त्रको बैठकमा भाग लिने बताइएको छ । साथै उनले परराष्ट्र मन्त्री शिशिर खनालसँग पनि भेटवार्ता गर्नेछन्।






























