काठमाडौं ,९,मंशिर
आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको पहिलो चरणको निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ । "/>

पहिलो चरणको निर्वाचनको सम्पूर्ण तयारी पूरा

पहिलो चरणको निर्वाचनको सम्पूर्ण तयारी पूरा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ,९,मंशिर
आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको पहिलो चरणको निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ । पहिलो चरणको निर्वाचनमा प्रदेश नम्बर १ का सातवटा, प्रदेश नम्बर ३ का ६ वटा, प्रदेश नम्बर ४ का ६ वटा, प्रदेश ५ का २ वटा, प्रदेश ६ का ७ वटा र प्रदेश ७ का ४ वटा जिल्लामा पहिलो चरणमा निर्वाचन हुँदैछ । पहिलो चरणका निर्वाचन अन्तर्गतका सबै मतदान केन्द्रमा कर्मचारी पुगिसकेको र कर्मचारीले मतदान केन्द्र बनाउने काम गरिरहेको जानकारी निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले दिएका छन् । महिला, पुरुष र शारीरिक अपाङ्गता भएका मतदाताका लागि छुट्टाछुट्टै लाइनको व्यवस्था हुने गरी मतदान केन्द्रको निर्माण भइरहेको निर्वाचन आयोगले जनाएको छ । पहिलो चरणमा ३२ जिल्लाका ३७ प्रतिनिधिसभा र ७४ प्रदेशसभाका लागि मङ्सिर १० गते भोली निर्वाचन हुँदैछ ।
गोरखापत्रबाट

Skip This
Skip This
Logo