काठमाडौं । सरकारको नयाँ प्रणालीमार्फत राहदानी वितरण कार्य सुरु गरेको छ ।
राहदानी विभागले सोमबार एक सूचना प्रकाशन गरेर जर्मन कम्पनीहरू म्युहलबउर र भेरिडोसबाट राहदानी वितरण सुरु भएको जानकारी दिएको हो । परराष्ट्रमन्त्री शिशिर खनालले नयाँ प्रणालीमार्फत ओस्कार गुरुङ र निमेश शाहीलाई राहदानी वितरण गरेर उक्त कार्यको शुभारम्भ गरेका हुन् ।
यसअघि १५ वर्षदेखि फ्रान्सेली कम्पनी आईडिमियाले नेपालको पासपोर्ट छाप्दै आएको थियो ।
नयाँ प्रणालीको सुरुवाती चरणमा राहदानी अत्यावश्यक भएका सेवाग्राहीलाई मात्र आवेदन दिन विभागले अनुरोध गरेको छ । सेवाग्राहीको सहयोगले नयाँ प्रणालीलाई थप स्थिर र प्रभावकारी बनाउन महत्वपूर्ण योगदान पुग्ने विभागको विश्वास छ ।






























