बजारमुखी शिक्षाको गन्तव्य, न्यू समिट कलेज

बजारमुखी शिक्षाको गन्तव्य, न्यू समिट कलेज

केन्द्रबिन्दु
0
Shares

काठमाडाैं । बदलिँदो विश्व परिवेशसँगै उच्च शिक्षामा गुणस्तर, प्रविधि र व्यवहारिक दक्षताको महत्व निरन्तर बढिरहेको छ। यिनै आवश्यकतालाई आत्मसात् गर्दै वि.सं. २०६४ मा स्थापित न्यू समिट कलेजले छोटो समयमै काठमाडौं उपत्यकाका उत्कृष्ट निजी कलेजमध्ये आफ्नो विशिष्ट पहिचान स्थापित गरेको छ।

त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस कलेज व्यवस्थापन, सूचना प्रविधि तथा कम्प्युटर विज्ञानका क्षेत्रमा गुणस्तरीय उच्च शिक्षा प्रदान गर्दै हजारौं विद्यार्थीको रोजाइ बन्न सफल भएको छ । विशेषगरी ब्याचलर अफ साइन्स इन कम्प्युटर साइन्स एन्ड इन्फर्मेसन टेक्नोलोजी (बीएसस्सीसीएसआईटी), ब्याचलर अफ कम्प्युटर एप्लिकेसन (बीसीए), ब्याचलर अफ बिजनेस म्यानेजमेन्ट (बीबीएम) र ब्याचलर अफ बिजनेस स्टडिज (बीबीएस) जस्ता युग सुहाउँदो चारवटा स्नातक कार्यक्रमहरू यहाँ सञ्चालित छन्। आधुनिक ज्ञान र प्रविधिलाई विद्यार्थीको सफलताको सबैभन्दा ठूलो हतियार मान्ने यस संस्थाले गुणस्तरीय शिक्षालाई सर्वसुलभ बनाउन कुनै कसर बाँकी राखेको छैन।

न्यू समिट कलेज एउटा यस्तो भरोसाको केन्द्र बनेको छ, जहाँ सपनाहरूले सही आकार र उडान भर्ने पूर्ण अवसर पाउँछन्।

तीनकुनेस्थित शान्तिनगर गेट जस्तो सुगम स्थानमा अवस्थित न्यू समिट कलेजको शैक्षिक दर्शन केवल पाठ्यपुस्तकमा सीमित छैन। सूचना प्रविधि र व्यवसायिक संसार तीव्र गतिमा परिवर्तन भइरहेका बेला विद्यार्थीलाई समयसापेक्ष ज्ञान, व्यवहारिक सीप र नेतृत्व क्षमता प्रदान गर्नु नै यसको मूल उद्देश्य हो। यसका लागि कलेजले अनुभवी, दक्ष तथा अनुसन्धानमुखी प्राध्यापकहरूको टोलीमार्फत विद्यार्थीकेन्द्रित शिक्षण प्रणाली अवलम्बन गर्दै आएको छ।

न्यू समिट कलेजले शैक्षिक उत्कृष्टतासँगै विद्यार्थीको समग्र व्यक्तित्व विकासलाई पनि समान प्राथमिकता दिएको छ । यही कारणले कलेजका विद्यार्थीहरू केवल परीक्षा उत्तीर्ण हुने होइन, आत्मविश्वासी, सक्षम र जिम्मेवार नागरिकका रूपमा उनीहरूले ‘जागिर खोज्ने’ भन्दा ‘रोजगार सिर्जना गर्ने’ जनशक्ति बनाउने वातावरण प्राप्त गर्छन्।

न्यू समिट कलेजले शैक्षिक उत्कृष्टतासँगै विद्यार्थीको समग्र व्यक्तित्व विकासलाई पनि समान प्राथमिकता दिएको छ ।

कलेज परिसरभित्रै रहेको सफा र फराकिलो क्याफेटेरियामा विद्यार्थी तथा कर्मचारीहरूका लागि सुलभ मूल्यमा हाइजिनिक र ताजा खाना एवं खाजाहरू उपलब्ध गराइन्छ । पढाइसँगै शारीरिक स्फूर्तिका लागि कलेजमा बास्केटबल, टेबल टेनिस र ब्याडमिन्टन जस्ता इन्डोर तथा आउटडोर खेलकुदका पूर्वाधारहरू रहेका छन्।

हाल यहाँ स्नातक तहमा एक हजारभन्दा बढी विद्यार्थीहरू आफ्नो सुनौलो भविष्य कोरिरहेका छन्। प्रत्येक १६ जना विद्यार्थी बराबर एक जना शिक्षकको व्यवस्थाले यहाँको सिकाइलाई अत्यन्तै व्यक्तिगत र प्रभावकारी बनाएको प्रस्ट हुन्छ। गुणस्तरीय र व्यावहारिक शिक्षाको खोजीमा रहेका जोकोहीका लागि न्यू समिट कलेज एउटा यस्तो भरोसाको केन्द्र बनेको छ, जहाँ सपनाहरूले सही आकार र उडान भर्ने पूर्ण अवसर पाउँछन्।

Logo