काठमाडाैं । नेपालमै बसेर अन्तर्राष्ट्रिय मान्यता प्राप्त बेलायती डिग्री हासिल गर्ने चाहना भएका विद्यार्थीका लागि पहिलाे राेजाइ बन्दैछ, द ब्रिटिस कलेज । सन् २०११ मा काठमाडौंको थापाथलीमा स्थापना भएको यस कलेजले गुणस्तरीय बेलायती शिक्षा, आधुनिक सिकाइ प्रणाली र विश्वव्यापी करियरका अवसरमार्फत उच्च शिक्षामा छुट्टै पहिचान बनाएको छ।
बेलायतका दुई प्रसिद्ध विश्वविद्यालयहर- यूनिभर्सिटी अफ द वेस्ट अफ इङ्गल्याण्ड (युडब्ल्युई) र लिड्स बेकेट यूनिभर्सिटी (एलबीयु) सँगको साझेदारीमा द ब्रिटिस कलेजले स्नातक तहमा बीएसस (अनर्स) कम्प्युटिङ, बीएसस (अनर्स) साइबर सेक्युरिटी तथा डिजिटल फरेन्सिक, बीएसस (अनर्स) कम्प्युटर साइन्स – आर्टिफिसियल इन्टेलिजेन्स कार्यक्रम सञ्चालन गर्दै आएको छ। यी पाठ्यक्रमहरू वर्तमान विश्व रोजगार बजारको मागअनुसार डिजाइन गरिएका छन्, जसले विद्यार्थीलाई उच्च शिक्षा र करियर दुवैका लागि प्रतिस्पर्धी बनाउँछ।
द ब्रिटिस कलेजले विभिन्न उद्योग साझेदारसँगको सहकार्यमार्फत इन्टर्नसिप, करियर विकास तथा रोजगारका अवसरसमेत उपलब्ध गराउँदै आएको छ।
द ब्रिटिस कलेजको प्रमुख विशेषता यसको अन्तर्राष्ट्रिय शैक्षिक वातावरण हो। बेलायत र नेपालका अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने कलेजमा विद्यार्थीले विश्वस्तरीय शिक्षण पद्धति, अनुसन्धानमुखी सिकाइ तथा उद्योगसँग जोडिएको अध्ययन अनुभव प्राप्त गर्छन्। कलेजले विभिन्न उद्योग साझेदारसँगको सहकार्यमार्फत इन्टर्नसिप, करियर विकास तथा रोजगारका अवसरसमेत उपलब्ध गराउँदै आएको छ। शैक्षिक उत्कृष्टतालाई थप मजबुत बनाउन कलेजमा एकेडेमिक सक्सेस सेन्टर, वेलबिइङ युनिट, इन्क्युबेसन केन्द्र, फरेन्सिक ल्याव तथा अनुसन्धान तथा विकास केन्द्र जस्ता विशेष सुविधा सञ्चालनमा छन्।
यस कलेजले गुणस्तरीय बेलायती शिक्षा, आधुनिक सिकाइ प्रणाली र विश्वव्यापी करियरका अवसरमार्फत उच्च शिक्षामा छुट्टै पहिचान बनाएको छ।
विद्यार्थीलाई अन्तर्राष्ट्रिय अनुभव दिलाउन बहुराष्ट्रिय कम्पनीहरूसँगको प्रत्यक्ष सहकार्य र सेमेस्टर एब्राेड, इन्टरनेशनल माेबिलिटी प्राेगाम, स्कलरसिप, तथा अन्तर्राष्ट्रिय इन्टर्नसिपकाे अवसरसमेत उपलब्ध गराइन्छ । साथै खेलकुद, क्लब गतिविधि, नेतृत्व विकास, अतिथि व्याख्यान तथा सामुदायिक सहभागिताले विद्यार्थीको समग्र व्यक्तित्व विकासमा टेवा पुर्याउन त द ब्रिटिस कलेज अग्र भागमै रहेकाे छ ।
किफायती शुल्कमा प्रिमियम बेलायती शिक्षा हासिल गरी विश्व बजारमा आफ्नो प्रतिस्पर्धी क्षमता स्थापित गर्न चाहने स्नातक तहका विद्यार्थीहरूका लागि द ब्रिटिश कलेज एक सर्वोत्कृष्ट शैक्षिक गन्तव्य हो भन्नेमा द्विमत छैन ।






























