काठमाडौं ,८, मंशिर
आज विप्लप समुहको नेकपा माओवादीले बन्द गर्ने भन्ने हल्लाकै भरमा सडकमा सवारी साधनहरु कम मात्रै चलेका छन् । केहि दिन देखि नै बन्दको हल्ला चले पनि विप्लप समुहले बन्दको आयोजना नगरेको बताएको छ । बन्द कसले र किन गरायो भन्ने कसैलाई पनि पत्तो छैन । बन्दकै हल्लाको भरमा कतिपय स्कुलहरु पनि बन्द गरिएका छन् । सवारी साधनहरु नचल्दा सर्वसाधारण भने कर्मामा परेका छन् । निर्वाचन विरोधी गतिविधीहरु गर्दै आएको भनिएको विप्लप समुहले आयोजना गरेको भन्दै डर र त्रासकै वीच सवारी साधन नचलेको हुन सक्ने अनुमान गरिएको छ । आज उपत्यकाबाट लामो तथा छोटो दुरीमा चल्ने सवारीसाधनहरु नचलेको तर उपत्यका भित्र भने साना सवारीहरु चलेको बताइएको छ ।































प्रतिक्रिया