काठमाडौं ,८, मंशिर
काठमाडौँ उपत्यकाका लागि शुद्ध खानेपानी आपूर्ति गर्ने महत्वाकाङ्क्षी आयोजनाका रूपमा रहेको मेलम्चीको सुरुङ खन्न अझै दुई महिना लाग्ने भएको छ । "/>

मेलम्चीको सुरूङ खन्न अझै दुई महिना लाग्ने

मेलम्चीको सुरूङ खन्न अझै दुई महिना लाग्ने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ,८, मंशिर
काठमाडौँ उपत्यकाका लागि शुद्ध खानेपानी आपूर्ति गर्ने महत्वाकाङ्क्षी आयोजनाका रूपमा रहेको मेलम्चीको सुरुङ खन्न अझै दुई महिना लाग्ने भएको छ । मेलम्ची खानेपानी विकास समितिले जनाए अनुसार सिन्धुपाल्चोकको मेलम्ची खोलाबाट पानी ल्याउने सुरुङ खन्न एक किलोमिटर मात्र बाँकी रहेको छ र त्यसका लागि कम्तीमा दुई महिना लाग्ने अनुमान गरिएको छ । सुरुङको लम्बाई २७.५ कि.मी रहेको छ ।
मेलम्चीको ग्याल्थुम–अम्बाथान खण्डमा ३५४ मिटर सुरुङ खन्न बाँकी छ भने ग्याल्थुम सिन्धुखण्डमा ७४४ मिटर खन्न बाँकी रहेको समितिका उपकार्यकारी निर्देशक रमाकान्त दुवाडीले जानकारी दिए । सिन्धु खण्डमा आगामी ०१८ को जनवरी र अम्बाथान खण्डमा यही डिसेम्बरमा सुरुङको ब्रेक थ्रु गर्ने दावी विकास समितिको छ । सुरुङ खन्ने काम सम्पन्न भइसके पछि त्यसलाई पक्की ढलान गरेर अन्तिम रुप दिइने भएको छ । हाल खनिएको सुरुङ मध्ये २.५ कि.मी सुरुङको ढलान सहित अन्तिम रुप दिइने कार्य सम्पन्न भइसकेको छ । थप नयाँ मेसिन आएपछि दैनिक दुई/तीन सय मिटर ढलान गर्न सकिने निर्देशक दुवाडीको भनाइ छ । समितिले पुस महिना सम्ममा सुरुङको ब्रेक थ्रु गर्न सकियो भने चैत्र अन्तिममा पानी ल्याउन सकिने जनाएको छ ।
गोरखापत्रबाट

Skip This
Skip This
Logo