मैदान प्रभाव देखाउन सक्छन फ्रान्सको माइकल ओलिस

मैदान प्रभाव देखाउन सक्छन फ्रान्सको माइकल ओलिस

केन्द्रबिन्दु
30
Shares

काठमाडौं । हाल खेलिरहेका खेलाडीमा माइकल ओलिसलाई विश्वको उत्कृष्टमध्येका खेलाडीमा गनिन्छन्। इंग्ल्यान्डमा जन्मिएका उनले च्याम्पियनसिप टोली रिडिङबाट २०१९ मा पहिलो पटक खेलेका थिए। २०२१ मा उनलाई प्रिमियर लिगको टोली क्रिस्टल प्यालेसले लिएको थियो।

३ सिजन लन्डनमा बिताउनेक्रममा उनी २०२४ मा पीएफए युवा वर्ष खेलाडीमा मनोनीत भए। सोही वर्ष उनी जर्मनीको बायर्न म्युनिख लागे, जहाँ उनले आफूलाई प्रभावशाली विङ्गरको रूपमा स्थापित गरे। २४ वर्षे उनी एट्याकिङ मिडफिल्डरको रूपमा पनि खेल्छन्।

ओलिसले २०२४ मा पेरिस ओलम्पिक फ्रान्सको युथ टोलीबाट खेलेका थिए। उनी इंग्ल्यान्डबाहेक अल्जेरिया र नाइजेरियाबाट पनि खेल्न पाउँथे। तर, उनले फ्रान्स रोजे। २०२४ मा उनले यूईएफए नेसन्स लिगमा इटालीविरुद्ध खेल्दै फ्रान्सको राष्ट्रिय टोलीबाट ‘डेब्यु’ गरेका थिए।

त्यसयता उनले फ्रान्सको राष्ट्रिय टोलीबाट २३ खेल खेल्दै ७ गोल गरेका छन्। यस विश्वकपमा उनको भूमिका केही फरक छ। उनले ५ असिस्ट गरिसकेका छन्। १९९४ को विश्वकपमा थोमस हाबलरयता पहिलो पटक विश्वकपमा फ्रान्सका कुनै खेलाडीले ५ गोललाई पास मिलाइ दिएका हुन्। फ्रान्सले अन्तिम ३२ मा स्विडेन विरुद्ध विजय हात पार्दा ओलिसले २ असिस्ट गरेका थिए।

Logo