काठमाडौं ,८, मंशिर

केन्द्रीय अनुसन्धान ब्युरोले एक धर्मगुरुलाई प्रक्राउ गरेको छ। ब्युरोका प्रमुख डीआइजी पुष्कर कार्कीले विद्युतीय अपराध मुद्दामा एक धर्मगुरुलाई पक्राउ गरिएको पुष्टि गरे। "/>

विद्युतीय अपराध मुद्दामा धर्मगुरु पक्राउ

विद्युतीय अपराध मुद्दामा धर्मगुरु पक्राउ

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ,८, मंशिर

केन्द्रीय अनुसन्धान ब्युरोले एक धर्मगुरुलाई प्रक्राउ गरेको छ। ब्युरोका प्रमुख डीआइजी पुष्कर कार्कीले विद्युतीय अपराध मुद्दामा एक धर्मगुरुलाई पक्राउ गरिएको पुष्टि गरे। तर उनले पक्राउ परेका व्यक्तिबारे विस्तृत विवरण खुलाउन चाहेनन्। अनुसन्धान ब्युरोले बिहीबार दिउसो ३ बजे पत्रकार सम्मेलन गरेरघटनाबारे जानकारी दिने उनले बताए । विद्युतीय स्वरुपमा कुनै गैरकानुनी विषयवस्तुको प्रकाशनलाई विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ ले कसूर मानेको छ। यस प्रकारको कसूरमा ५ वर्ष सम्म कैद वा १ लाख सम्मको जरिवाना वा दुवै हुन सक्ने व्यवस्था छ।
दफामा उल्लेख छ, कम्प्युटर, इन्टरनेट लगायतका विद्युतीय सञ्चार माध्यमहरुमा प्रचलित कानूनले प्रकाशन तथा प्रर्दशन गर्न नहुने भनी रोक लगाएका सामग्रीहरू वा सार्वजनिक नैतिकता, शिष्टाचार विरुद्धका सामग्री वा कसै प्रति घृणा वा द्वेष फैलाउने वा विभिन्न जात जाति र सम्प्रदाय बीचको सुमधुर सम्बन्धलाई खलल पार्ने किसिमका सामग्रीहरु प्रकाशन वा प्रदर्शन गर्ने वा गर्न लगाउने व्यक्तिलाई एक लाख रुपैयाँ सम्म जरिवाना वा पाँच वर्षसम्म कैद वा दुवै सजायँ हुनेछ।
अन्नपूर्णबाट

Skip This
Skip This
Logo