गोरखा,८, मंशिर

गोरखामा एक बोरा सुतली बम भेटिएको छ। सिरान्चोक गाउँपालिका ७ पाण्डेगाउँको एक घरमा बोराभरी बम भेटिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ। "/>

गोरखामा एक बोरा सुतली बम भेटियो

गोरखामा एक बोरा सुतली बम भेटियो

केन्द्रबिन्दु
0
Shares

गोरखा,८, मंशिर

गोरखामा एक बोरा सुतली बम भेटिएको छ। सिरान्चोक गाउँपालिका ७ पाण्डेगाउँको एक घरमा बोराभरी बम भेटिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ। दिउँसो तीन बजे एउटा भत्केको घरमा बोराभरी शंकास्पद वस्तु देखे पछि गाउँलेले प्रहरीलाई खबर गरेको प्रहरी नायव उपरीक्षक भेषराज रिजालले जानकारी दिए। पुराना भाँडा गालेर मूर्ती बनाउने मधेसी मूलका टोलीले भत्किएको एक घरभित्र बोरामा राखिएको अवस्थामा वम भेटेका हुन्।
२०५६ सालमा छाडेर बसाईं गएका गणेशकुमार पाण्डेको घरमा बम भेटेको प्रहरी नायब उपरीक्षक रिजालले जानकारी दिए। ‘पुराना भाँडा गालेर मुर्ती बनाउने मधेसी टोली आएको रहेछ’ रिजालले भने ‘मूर्तीहरु बनाउन भत्किएको घरमा पनि पुराना भाँडाकुँडा खोज्दा बोरामा तार जोडिएका फलामका डल्ला फेला परेका रहेछन्।’ बमलाई त्यहाँ नेपाल प्रहरी र सशस्त्र प्रहरीले नियन्त्रणमा लिइसकेको छ। बोराभरी रहेकाले कतिसंख्यामा छन् भन्ने बारे यकिन नभएको प्रहरीले जनाएको छ।
अन्नपूर्णबाट

Skip This
Skip This
Logo