प्रधानमन्त्री बालेन र रविले संसदको नियम उल्लंघन गरेको भन्दै एमालेको आपत्ति

प्रधानमन्त्री बालेन र रविले संसदको नियम उल्लंघन गरेको भन्दै एमालेको आपत्ति

केन्द्रबिन्दु
15
Shares

काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री बालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले संसद् बैठकको मर्यादा उल्लंघन गरेको भन्दै सभामुखको ध्यानाकर्षण गराएको छ ।

एमाले सांसद ऐनबहादुर महरले प्रतिनिधिसभा बैठकमा नियमापत्ति जनाउँदै प्रधानमन्त्री र रास्वपा सभापति लामिछानेले प्रतिनिधिसभा नियमावलीको व्यवस्था उल्लंघन गरेको आरोप लगाए ।

उनले प्रतिनिधिसभा नियमावलीको नियम २० को खण्ड (छ) मा सभामुखको आसन तथा बोलिरहेको सदस्यको बीचबाट हिँड्न नहुने व्यवस्था रहेको उल्लेख गरे ।

सांसद महरका अनुसार बैठकमा राप्रपाकी सांसद खुश्बु ओलीले आफ्नो भनाइ राखिरहेका बेला प्रधानमन्त्री शाह र सभापति लामिछाने सभामुखको आसनअगाडिको भाग हुँदै हिँडेका थिए ।

‘माननीय खुश्बु ओली बोलिरहनुभएको अवस्थामा सम्माननीय प्रधानमन्त्रीज्यू र सत्तापक्षका सभापतिज्यूले नियमको उल्लंघन गरेर हिँड्नुभएको छ । यस विषयमा नियमापत्ति गर्दै सभामुखको ध्यानाकर्षण गराउन चाहन्छु र यसबारे रुलिङको माग गर्दछु,’महरले भने।

उनले संसद्को मर्यादा र नियम सबैका लागि समान रूपमा लागू हुनुपर्ने भन्दै सभामुखबाट आवश्यक निर्देशन आउनुपर्ने माग गरे।

Logo