सम्पत्ति छानबिन आयोगका पदाधिकारीहरूविरुद्ध अवहेलनाको मुद्दा

सम्पत्ति छानबिन आयोगका पदाधिकारीहरूविरुद्ध अवहेलनाको मुद्दा

केन्द्रबिन्दु
3
Shares

काठमाडौं । सम्पत्ति जाँचबुझ आयोगका पदाधिकारीहरूमाथि सर्वोच्च अदालतको अन्तरिम आदेश उल्लंघन गरी अदालतको अवहेलना गरेको जिकिरसहित अवहेलना मुद्दा दर्ता भएको छ ।

गत शुक्रबार सर्वोच्च अदालतले सम्पत्ति जाँचबुझ आयोगमाथि रिट निवेदनको अन्तिम टुंगो नलाग्दासम्म सम्पत्ति जाँचबुझ आयोगको काम यथास्थितिमा राख्नू भनेर अन्तरिम आदेश जारी गरेको थियो । तर अन्तरिम आदेशविपरीत सम्पत्ति छानबिन आयोगले सूचना निकालेको जिकिरसहित अवहेलना मुद्दा दर्ता गराइएको हो ।

मुद्दामा आयोगका अध्यक्ष राजेन्द्रकुमार भण्डारी तथा सदस्यहरू पुरुषोत्तम पराजुली, चण्डीराज ढकाल, गणेश केसी र प्रकाश लम्साललाई विपक्षी बनाइएको छ ।

Logo