काठमाडाैं । नेपालको शैक्षिक इतिहासमा केही यस्ता संस्थाहरू छन्, जसले केवल किताबी ज्ञान मात्र बाँड्दैनन्, बल्कि राष्ट्रका लागि योग्य, दक्ष र चरित्रवान् नागरिकको निर्माण गर्छन् । यस्तै एउटा उदाहरणीय नाम हो, ललितपुरको लगनखेलमा अवस्थित पिनाकल कलेज ।
प्लस टुमा बाेर्ड टपर जन्माएर रेकर्ड राख्रे पिनाकल स्नातक तहमा पनि कम छैन । परिवर्तित विश्व र बजारको मागलाई मध्यनजर गर्दै पिनाकलले आफ्नो प्राज्ञिक क्षितिजलाई निरन्तर फराकिलो बनाउँदै लगेको छ । त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस कलेजले स्नातक तहतर्फ हाल ब्याचलर अफ बिजनेस स्टडीज (बीबीएस), ब्याचलर अफ बिजनेस म्यानेजमेन्ट (बीबीएम) र बीएससी माइक्रोबायोलोजी जस्ता उत्कृष्ट र बजारमुखी कार्यक्रमहरू सफलतापूर्वक सञ्चालन गरिरहेको छ । यसका साथै, कलेजले निकट भविष्यमै अत्याधुनिक बीबीए र बीएचएम कार्यक्रमहरू समेत थप गर्ने योजना अघि सारेको छ ।
परिवर्तित विश्व र बजारको मागलाई मध्यनजर गर्दै पिनाकलले आफ्नो प्राज्ञिक क्षितिजलाई निरन्तर फराकिलो बनाउँदै लगेको छ ।
यति मात्र हाेइन, पिनाकलले विद्यार्थीलाई सीपमूलक शिक्षा दिने उद्देश्यले सिटिइभिटीको सम्बन्धनमा डिप्लोमा इन फार्मेसीको कोर्स पनि गराइरहेको छ ।
सर्वाेत्कृष्ट शैक्षिक नतिजा, अत्याधुनिक कम्प्युटर ल्याब, समृद्ध पुस्तकालय, सुविधा सम्पन्न भौतिक संरचना, शिक्षामैत्री वातावरण, व्यवहारिक शिक्षा, दक्ष अनुभवी शिक्षक समूह नै पिनाकल कलेजका मुख्य विशेषता हुन् ।
उच्च योग्य प्राध्यापक, उप-प्राध्यापक र सहयोगी कर्मचारीहरूको एउटा बलियो र कटिबद्ध टोलीले यहाँ प्रत्येक विद्यार्थीभित्र लुकेको प्रतिभा, सृजनशीलता र तार्किक क्षमतालाई प्रस्फुटन गराउन अनवरत रूपमा मार्गनिर्देशन गरिरहेको हुन्छ ।
उत्कृष्ट शैक्षिक नतिजाका साथै विद्यार्थीहरूलाई रोजगारमुखी एवं सीपमूलक तालिम प्रदान गर्नमा परिचित पिनाकलले इन्टर्नसिप, इम्प्लाेयमेन्ट काउन्सिलिङ तथा करियर काउन्सिलिङको व्यवस्था गरेको छ। यसले विद्यार्थीलाई अध्ययनपछि प्रतिस्पर्धी रोजगार बजारमा सफल हुन आवश्यक सीप र आत्मविश्वास प्रदान गर्ने कलेजकाे दाबी छ ।
शैक्षिक मापनको हिसाबले पिनाकल जति उत्कृष्ट छ, खेलकुद र अतिरिक्त क्रियाकलापमा यसको सक्रियता उत्तिकै गतिशील र लोभलाग्दो छ ।
पढेका कुराहरू केवल परीक्षा उत्तीर्ण गर्नका लागि मात्र होइन, बरु जीवनलाई सहज र अर्थपूर्ण बनाउन उपयोगी हुनुपर्छ भन्ने पिनाकलको दृढ मान्यता छ ।
अत्याधुनिक भाैतिक पूर्वाधारले सु-सज्जित यस शैक्षिक संस्थाले विदेशी प्रशिक्षकको प्रशिक्षणमा क्रिकेट टिम नै तयार पारेको छ । एन्फासँग मिलेर फुटबल खेलाडीहरुलाई छात्रवृत्ति प्रदान गरेको पिनाकलले पछिल्लो समय क्रिकेट खेलाडीलाई छात्रवृत्ति र प्रशिक्षणमा बढी लगानी गरिरहेको छ । राष्ट्रिय फुटबलर जुमानु राई, अनन्त तामाङले यहींको मैदानमा आफूलाई निखारेका हुन् । ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाल, धावक अजित यादव पिनाकलकै पूर्वविद्यार्थी हुन् ।
पढेका कुराहरू केवल परीक्षा उत्तीर्ण गर्नका लागि मात्र होइन, बरु जीवनलाई सहज र अर्थपूर्ण बनाउन उपयोगी हुनुपर्छ भन्ने पिनाकलको दृढ मान्यता छ ।






























