शङ्कास्पद पार्किङबारे शिक्षामन्त्रीको स्पष्टीकरण- सरकारको संलग्नता भए प्रहरीले किन खोज्थ्यो ?

शङ्कास्पद पार्किङबारे शिक्षामन्त्रीको स्पष्टीकरण- सरकारको संलग्नता भए प्रहरीले किन खोज्थ्यो ?

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले सञ्चारमाध्यमको गेटमा शङ्कास्पद रूपमा गाडीहरू पार्किङ गरिएको घटनामा सरकारको संलग्नता नरहेको स्पष्ट पारेका छन्।

सरकारकै संरक्षण वा संलग्नता भएको भए गृह मन्त्रालय मातहतको नेपाल प्रहरीले यसरी सक्रियतापूर्वक अनुसन्धान र खोजतलास नगर्ने उनको तर्क छ।

मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिकपछि उनले भने, “नेपाल प्रहरी गृह मन्त्रालय अन्तर्गतकै संयन्त्र हो। यदि सरकार आफैँ यसमा संलग्न हुन्थ्यो भने गृह मन्त्रालयले यसरी खोजीनीति गर्न आदेश दिने नै थिएन । यस प्रकरणमा जो-जो संलग्न छन्, प्रहरीले ती सबैको खोजी गरिरहेको छ। जुनसुकै राजनीतिक दल वा शक्तिको आडमा रहेका व्यक्ति भए पनि कसैलाई छाडिने छैन।”

उनले उक्त शङ्कास्पद गाडी र त्यसमा रहेका व्यक्तिहरूको पहिचानका लागि प्रहरीले तीव्र रूपमा अनुसन्धान अघि बढाएको जानकारी दिए।

Logo