काठमाडाैं । उच्च शिक्षामा गुणस्तर, उत्कृष्ट शैक्षिक वातावरण र करियरमुखी अध्ययन खोजिरहेका विद्यार्थीका लागि काठमाडौं मोडल कलेज (केएमसी), बागबजार लामो समयदेखि विश्वासिलो गन्तव्यका रूपमा स्थापित छ ।
त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त केएमसीको उत्कृष्टताको सबैभन्दा ठूलो प्रमाण यसको राष्ट्रिय मान्यता र सम्मान हो। कलेजले विश्वविद्यालय अनुदान आयोगबाट क्यूएए प्राप्त गरेको छ। साथै, नेपाल सरकार, शिक्षा मन्त्रालयद्वारा ‘श्रेष्ठ क्याम्पस–२०८०’ को सम्मान प्राप्त गर्दै गुणस्तरीय उच्च शिक्षामा आफ्नो नेतृत्व स्थापित गरेको छ।
दुई दशकभन्दा लामो शैक्षिक इतिहास बनाएको केएमसीले बजारको माग र प्रविधिको विकासलाई मध्यनजर गर्दै स्नातक तहमा बीबीए, बीबीएम, बीसीए, बीबीएस तथा बीए/बीएसडब्ल्युजस्ता शैक्षिक कार्यक्रम सञ्चालन गर्दै आएको छ। पाठ्यक्रमलाई व्यवहारिक सिकाइसँग जोडिएकाले विद्यार्थीले विषयगत ज्ञानसँगै नेतृत्व क्षमता, विश्लेषणात्मक सोच, सञ्चार सीप तथा व्यावसायिक दक्षता विकास गर्ने अवसर प्राप्त गर्छन्।
बलियो कर्पोरेट नेटवर्क, जब प्लेसमेन्ट र विश्वभर फैलिएको सफल भूतपूर्व विद्यार्थी को बलियो संजालका कारण केएमसी बागबजार स्नातक अध्ययनका लागि एक ‘कम्प्लिट प्याकेज’ हो।
केएमसीको अर्को विशेषता यसको विद्यार्थीकेन्द्रित शैक्षिक वातावरण हो। अनुभवी शिक्षक, व्यवस्थापन विज्ञ तथा अनुसन्धानकर्ताबाट अध्यापन हुने कलेजमा कक्षाकोठा शिक्षासँगै केस स्टडी, अनुसन्धान, परियोजना कार्य, कार्यशाला, सेमिनार, अतिथि व्याख्यान, प्रत्यक्ष मेन्टरिङ र प्रयोगात्मक अभ्यासलाई समान प्राथमिकता दिइन्छ। यसले विद्यार्थीलाई अध्ययनसँगै वास्तविक कार्यक्षेत्रका लागि सक्षम बनाउँछ।
आधुनिक पूर्वाधारले पनि केएमसी सुसज्जित छ । डिजिटल पहुँचसहितको समृद्ध पुस्तकालय, अत्याधुनिक कम्प्युटर तथा मनोविज्ञान प्रयोगशाला, स्मार्ट कक्षाकोठा, इनक्युबेसन तथा आइडिएसन ल्याब, अनुसन्धान केन्द्र, सेमिनार हल, खेलकुद सुविधा, ईएमआईएस र एलएमएसजस्ता प्रविधियुक्त पूर्वाधार, वाईफाई तथा विद्यार्थी गुणस्तर सर्कलजस्ता सुविधाले सिकाइलाई थप प्रभावकारी बनाएका छन्।
आफ्नो करियरलाई सही दिशा दिन र भविष्य सुरक्षित गर्न यो कलेज देशकै एक उत्कृष्ट रोजाइ बन्न सक्छ।
विद्यार्थीलाई नतिजामुखी मात्र नबनाई सर्वाङ्गीण विकास गर्नुपर्छ भन्ने ध्येयका साथ यस शैक्षिक संस्थाले खेल, साहित्य, कला, मनोरञ्जनमा पनि प्रेरित गर्दै आएको छ । कलेजले यी विभिन्न रुची र क्षमता भएका विद्यार्थीलाई सोही अनुरुपको अनुकुल वातावरण व्यवस्था गरिदिएको छ ।
बलियो कर्पोरेट नेटवर्क, जब प्लेसमेन्ट र विश्वभर फैलिएको सफल भूतपूर्व विद्यार्थी को बलियो संजालका कारण केएमसी बागबजार स्नातक अध्ययनका लागि एक ‘कम्प्लिट प्याकेज’ हो। आफ्नो करियरलाई सही दिशा दिन र भविष्य सुरक्षित गर्न यो कलेज देशकै एक उत्कृष्ट रोजाइ बन्न सक्छ।






























