काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले तीन वटा विधेयक प्रमाणीकरण गरेका छन् ।
संघीय संसद्को बैठकबाट पारित भई प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष पेस भएको विनियोजन विधेयक २०८३, राष्ट्र ऋण उठाउने विधेयक २०८३ र आर्थिक विधेयक २०८३ राष्ट्रपति पौडेलले मंगलबार प्रमाणीकरण गरेका हुन् ।
ती विधेयकहरू नेपालको संविधानको धारा ११३ उपधारा (२) बमोजिम प्रमाणीकरण गरेकाे राष्ट्रपतिको कार्यालयले जनाएकाे छ ।































