इंग्ल्यान्डको भरोसा एन्थोनी गोर्डन

इंग्ल्यान्डको भरोसा एन्थोनी गोर्डन

केन्द्रबिन्दु
33
Shares

काठमाडौं । इंग्ल्यान्डका अग्रपंक्तिका खेलाडी एन्थोनी गोर्डनका दुई पाटा छन्। उनले यस सिजनको अन्त्य प्रिमियर लिगको टोली न्युकासलबाट गरे भने विश्वकपको ठीक अगाडि बार्सिलोनाले उनलाई ८ करोड युरो अनुबन्धन रकम तिर्न तयार भएको थियो।

उनी मिडफिल्ड र विंग्स दुवै पोजिसनमा खेल्न सक्छन्। उनले यस विश्वकपमा आफ्नो योग्यता प्रमाणित गरिसकेका छन्। कंगोविरुद्ध अन्तिम १६ को खेलमा इंग्ल्यान्ड एक गोलले पछाडि पर्दा गोर्डनले गरेको दुई असिस्टमा ह्यारी केनले गोल गरेका थिए।

गोर्डनले २०२४ को मार्चमा ब्राजिलविरुद्ध वेम्बलीमा इंग्ल्यान्डबाट ‘डेब्यु’ गरेका थिए। नोभेम्बरमा उनले गणतन्त्र आयरल्यान्डविरुद्ध राष्ट्रिय टोलीबाट पहिलो गोल गरेका थिए। ६ फिट अग्ला २५ वर्षे गोर्डन आइरिस मूलका हुन्।

लिभरपुलमा जन्मिएका उनले प्रिमियर लिग टोली एभरटनबाट २०१७ मा ‘डेब्यु’ गर्दै अर्को ६ वर्ष खेलेका थिए। केन र जुड बेलिङ्घमले गोलको राम्रो लय मिलाइरहेको समयमा गोर्डन उनीहरूको सूत्रधार बन्दै आएका छन्। गोर्डनले इंग्ल्यान्डविरुद्ध २४ खेल खेल्दै ३ गोल गरेका छन्।

Logo