होर्मुजमा २० प्रतिशत शुल्क लगाउने धम्कीबाट पछि हटे ट्रम्प

होर्मुजमा २० प्रतिशत शुल्क लगाउने धम्कीबाट पछि हटे ट्रम्प

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले होर्मुज जलमार्ग हुँदै ढुवानी हुने सबै कार्गोमा २० प्रतिशत शुल्क लगाउने आफ्नो प्रस्ताव फिर्ता लिएका छन् । यो निर्णय अमेरिकाले इरानी बन्दरगाहहरूमा नौसैनिक नाकाबन्दी पुनः सुरु गर्नुभन्दा केही घण्टाअघि आएको हो ।

ट्रम्पले शुल्क लगाउने योजनाको सट्टा खाडीका देशहरूसँग ठूला व्यापार तथा लगानी सम्झौता गर्ने विकल्प रोजिएको बताएका छन् । उनले यसबारे थप विवरण भने सार्वजनिक गरेका छैनन् ।

यो निर्णय अमेरिका र इरानबीच पुनः सुरु भएको हवाई आक्रमणका बीच आएको हो । बढ्दो तनावका कारण होर्मुज जलमार्ग भएर हुने तेल ट्यांकरहरूको आवतजावत प्रभावित भएको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य पनि बढेको छ ।

ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेखेका छन्, “मैले २० प्रतिशत अमेरिकी सोधभर्ना शुल्कलाई विभिन्न खाडी राष्ट्रहरूले अमेरिकामा गर्ने व्यापार र लगानी सम्झौतामार्फत प्रतिस्थापन गर्ने निर्णय गरेको छु ।”

उनले ती लगानीहरू विशाल हुने दाबी गरेका छन्, तर विस्तृत योजना सार्वजनिक गरेका छैनन् । ट्रम्पले होर्मुज जलमार्ग इरानबाहेक अन्य सबै जहाजहरूका लागि खुला रहेको दाबी गर्दै अमेरिकी सेनाको उपस्थितिका कारण तेल आपूर्ति सुचारु रहेको बताएका छन् ।

वासिंटनमा इराकका नयाँ प्रधानमन्त्री अली अल–जैदीसँगको भेटपछि उनले पत्रकारहरूसँग भने, “मलाई शुल्कको अवधारणा मन पर्दैन । तर, हामीले सम्पूर्ण विश्वका लागि यो जलमार्गको सुरक्षा गरिरहनु मात्रै पनि न्यायसंगत होइन ।” बीबीसी

Logo