काठमाडाैं । वि.सं.२०६० मा काठमाडौंको बाफलमा स्थापित काठमाडौं बर्नहार्ट कलेज गुणस्तरीय उच्च शिक्षा प्रदान गर्ने एक अग्रणी शैक्षिक संस्था हो। त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त काठमाडौं बर्नहार्ट कलेज गुणस्तर सुनिश्चितता तथा प्रत्यायन क्युएए पाउने नेपालकै पहिलो निजी कलेजमा पनि आफ्नाे नाम दर्ज गराउन सफल छ ।
“टु द स्टार्स बाइ हार्ड वेज” भन्ने मूल नाराका साथ सञ्चालित यस कलेजले विज्ञान तथा प्रविधि, मानविकी र व्यवस्थापन सङ्कायमा उत्कृष्ट स्नातक कार्यक्रमहरू सञ्चालन गरिरहेको छ । जसअन्तर्गत बीएस्सी सीएसआईटी, बीसीए, बीबीएम, बीबीएस तथा बीए इन साइकोलोजी/सोसल वर्क विषयमा अध्यापन हुँदै आएका छन् ।
काठमाडौं बर्नहार्ट कलेज केवल गफमा मात्र होइन, काम र परिणाममा उत्कृष्ट छ भन्ने कुरा यसले प्राप्त गरेका सम्मानहरूले पुष्टि गर्छन्।
विद्यार्थीमैत्री वातावरण, अनुभवी प्राध्यापक, सुदृढ शैक्षिक प्रणाली र व्यक्तिगत मार्गदर्शनलाई संस्थागत संस्कृतिको रूपमा विकास गरेको बर्नहार्टले प्रत्येक विद्यार्थीलाई फरक क्षमता र सम्भावना बोकेको व्यक्तित्वका रूपमा हेर्छ । झण्डै ७ रोपनी क्षेत्रफलमा फैलिएको कलेज परिसर आधुनिक शैक्षिक पूर्वाधारले सुसज्जित छ। अत्याधुनिक प्रयोगशाला, प्रविधिमैत्री कक्षाकोठा, समृद्ध पुस्तकालय, सेमिनार हल, रूफटप क्याफेटेरिया, खेल मैदान, पार्किङ सुविधा तथा स्वस्थ शैक्षिक वातावरणले विद्यार्थीलाई गुणस्तरीय सिकाइ अनुभव प्रदान गरिरहेकाे छ ।
काठमाडौं बर्नहार्ट कलेज केवल गफमा मात्र होइन, काम र परिणाममा उत्कृष्ट छ भन्ने कुरा यसले प्राप्त गरेका सम्मानहरूले पुष्टि गर्छन्। विज्ञान तथा प्रविधि मन्त्रालयले सन् २०१९ मा यस कलेजलाई ‘नेपालकै उत्कृष्ट निजी कलेज’को रूपमा पुरस्कृत गरेको थियो। त्यति मात्र होइन, राष्ट्रिय/अन्तराष्ट्रिय रूपमा समेत यो शैक्षिक संस्था पटकपटक सम्मानित हुँदै आएकाे छ।
बर्नहार्टले सह–शैक्षिक तथा अतिरिक्त क्रियाकलाप, खेलकुद, अनुसन्धान, ह्याकाथन तथा नवप्रवर्तनका विविध कार्यक्रममार्फत विद्यार्थीको बहुआयामिक क्षमतालाई अभिवृद्धि गर्ने वातावरण निर्माण गरेकाे छ। यही कारण, बर्नहार्टका पूर्वविद्यार्थीहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा नेतृत्वदायी भूमिकामा स्थापित हुनुका साथै धेरैले विद्यावारिधिसम्मको अध्ययन गरी ज्ञान–विज्ञानको क्षेत्रमा उल्लेखनीय योगदान पुर्याइरहेका छन्।
बर्नहार्ट कलेज गुणस्तर सुनिश्चितता तथा प्रत्यायन क्युएए पाउने नेपालकै पहिलो निजी कलेजमा पनि आफ्नाे नाम दर्ज गराउन सफल छ ।
यति मात्र हाेइन, बर्नहार्ट कलेजले केवल अध्ययन–अध्यापनमा मात्र जोड नदिई अनुसन्धान कार्यलाई पनि विशेष महत्त्व दिएको छ। कलेजको आफ्नै रिसर्च काउन्सिल र आन्तरिक गुणस्तर सुनिश्चितता सेल रहेको छ, जसले नियमित रूपमा अनुसन्धान कार्यशालाहरू आयोजना गर्ने र कलेजको आफ्नै प्राज्ञिक जर्नल प्रकाशन गर्ने कार्य गर्दछ।
काठमाडौं बर्नहार्ट कलेज आज केवल एउटा शैक्षिक संस्था मात्र नभई गुणस्तर, अनुसन्धान, नवप्रवर्तन र सामाजिक उत्तरदायित्वको उत्कृष्ट केन्द्रका रूपमा स्थापित भएको छ।






























