काठमाडाैं । नेपालको आधुनिक उच्च शिक्षाको प्रारम्भिक कालदेखि नै निरन्तर गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको भरपर्दो शैक्षिक संस्था हाे, ‘नेपालय कलेज’ । त्रिभुवन विश्वविद्यालयको सम्बन्धनमा विगत २७ वर्षदेखि निरन्तर सञ्चालित यस कलेजले बजारको माग र प्रविधिको रफ्तारलाई मध्यनजर गर्दै आईटी र म्यानेजमेन्ट संकायअन्तर्गतका लोकप्रिय र विशिष्टीकृत कोर्षहरू व्यावहारिक शिक्षण पद्धतिबाट अध्यापन गराइरहेको छ ।
सन् १९९९ देखि नै निरन्तर गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको ‘नेपालय कलेज’मा स्नातकतर्फ बीएससी.सीएसआईटी, बीसीए जस्ता हाइ-डिमान्ड आइटी कोर्षहरू र बिबिएम, बिबिएसजस्ता प्रिमियम म्यानेजमेन्ट कोर्षहरू उपलब्ध छन्।
नेपालय कलेजको इन्टर्नसिप र जब प्लेसमेन्ट सपोर्ट साँच्चै नै कमालको छ।
नेपालय कलेजको मूल मन्त्र नै कलेजलाई पूर्ण रूपमा ‘प्राक्टिस बेस्ड लर्निङ इन्स्टिच्युटका रूपमा अघि बढाउनु हो । घोकन्ते र परम्परागत शिक्षा प्रणालीलाई विस्थापित गर्दै कलेजले रिसर्च-बेस्ड र स्किल-बेस्ड पाठ्यक्रममा जोड दिँदै आएको छ । विविधता र समानतामा विश्वास राख्ने यस संस्थाले विद्यार्थीको चौतर्फी बौद्धिक तथा व्यक्तिगत विकासका लागि व्यक्तिगत परामर्शको समेत विशेष व्यवस्था गरेको छ ।
अत्याधुनिक सुविधायुक्त भवनहरूले सम्पन्न नेपालय कलेजमा कम्प्युटर ल्याब, व्यवस्थित कक्षा कोठा, आधुनिक प्रयोगशाला, पुस्तकालय, मल्टिमिडिया क्लासरूम, स्वच्छ तथा हाइजेनिक क्याफेटेरिया र सुरक्षित यातायातको पूर्ण सुविधा उपलब्ध छ ।
यहाँ विद्यार्थीहरूको शैक्षिक प्रगतिलाई केवल वर्षको अन्त्यमा हुने एउटा परीक्षामा मात्र सीमित राखिँदैन । नेपालय कलेजमा विद्यार्थीको क्षमताको निरन्तर मूल्याङ्कन गरिन्छ । जसका लागि नियमित एसाइनमेन्ट, प्रोजेक्ट वर्क, प्रिजेन्टेसन र आन्तरिक परीक्षाहरू सञ्चालन गरिन्छ, जसले विद्यार्थीहरूलाई राेजगार बजारका लागि मानसिक र व्यावहारिक रूपमा तयार पार्छ ।
कलेजको इन्टर्नसिप र जब प्लेसमेन्ट सपोर्ट साँच्चै नै कमालको छ। पढ्दापढ्दै इन्टर्नसिप गरेर कर्पोरेट र टेक वर्ल्डमा बलियो ‘नेटवर्किङ’ बनाउन पाउनु यहाँका विद्यार्थीहरूको लागि ठुलो प्लस पोइन्ट हो। जेहेन्दार विद्यार्थीहरूको लागि यहाँ विभिन्न ‘प्रिमियम स्कलरसिप’को समेत राम्रो व्यवस्था छ।
यहाँ विद्यार्थीहरूको शैक्षिक प्रगतिलाई केवल वर्षको अन्त्यमा हुने एउटा परीक्षामा मात्र सीमित राखिँदैन ।
यदि तपाईं पनि आईटी र म्यानेजमेन्टको आधुनिक संसारमा आफ्नो भविष्य सुरक्षित बनाउन चाहनुहुन्छ भने, विगत २७ वर्षदेखि आफ्नो साख जोगाउँदै आएको ‘नेपालय कलेज’ तपाईंको लागि एउटा उत्कृष्ट र सही गन्तव्य हुन सक्छ ।






























