मोर्गन इन्टरनेसनल कलेज, एआई र क्वान्टम कम्प्युटिङ जस्ता आधुनिक प्रविधिको ‘प्राक्टिसिङ हब’

मोर्गन इन्टरनेसनल कलेज, एआई र क्वान्टम कम्प्युटिङ जस्ता आधुनिक प्रविधिको ‘प्राक्टिसिङ हब’

केन्द्रबिन्दु
0
Shares

काठमाडाैं । आईटी र होटल म्यानेजमेन्टको क्षेत्रमा विश्वस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको नेपालका अग्रणी शिक्षण संस्थामध्ये एक हाे, मोर्गन इन्टरनेसनल कलेज । काठमाडौँको बसुन्धरामा सन् २०१० देखि निरन्तर रूपमा युवा पुस्तालाई प्रविधिमैत्री, दक्ष र बजारमुखी बनाउन समर्पित मोर्गन क्युएए सर्टिफाइड कलेज हाे ।

त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस कलेजले उत्कृष्ट स्नातक कोर्षहरू ब्याचलर अफ होटेल म्यानेजमेन्ट (बीएचएम), ब्याचलर अफ इन्फर्मेसन टेक्नोलोजी (बीआईटी), ब्याचलर अफ कम्प्युटर एप्लिकेसन्स (बीसीए), बीएस्सी सीएसआईटी (बिएससी सीएसआईटी), ब्याचलर अफ म्यानेजमेन्ट (बीबीएम), ब्याचलर अफ बिजनेस स्टडीज (बीबीएस), र ब्याचलर अफ सोसल वर्क (बिएसडब्ल्यू) जस्ता कार्यक्रमहरू सञ्चालन गरिरहेको छ।

मोर्गन कलेजको बीएचएम कोर्ष केवल सैद्धान्तिक अध्ययनमा मात्र सीमित नभएर पूर्ण रूपमा प्राक्टिकल-बेस्ड र स्किल ओरिएन्टेड कोर्ष हो। ४ वर्षको यस कोर्ष अवधिमा विद्यार्थीहरूले ३ वर्ष कलेजमा सैद्धान्तिक तथा आन्तरिक व्यावहारिक ज्ञान हासिल गर्छन् भने १ वर्ष पूर्ण रूपमा अन्तर्राष्ट्रिय चेन होटेलहरूमा इन्टर्नसिप गर्ने अवसर पाउँछन्।

मोर्गन कलेजको बीएचएम कोर्ष केवल सैद्धान्तिक अध्ययनमा मात्र सीमित नभएर पूर्ण रूपमा प्राक्टिकल-बेस्ड र स्किल ओरिएन्टेड कोर्ष हो।

साथै आईटीका विधाहरूमा कलेजले शतप्रतिशत उत्कृष्ट नतिजा कायम गर्दै त्रिभुवन विश्वविद्यालयमा लगातार ‘डिन्स मेरिट लिस्ट’मा स्थान जमाउन सफल भएको छ।

भौतिक पूर्वाधारको मामिलामा मोर्गन कलेज कुनै ५-तारे स्तरको सुविधाभन्दा कम छैन। पूर्ण रूपमा वातानुकूलित र आईपी क्यामरा जडित स्मार्ट कक्षाकोठाहरू, फ्री वाई-फाई जोन, डिजिटल सिकाइ वातावरण, र विधागत रूपमा छुट्याइएका अत्याधुनिक एनिमेसन ल्याब, ‘प्र्याक्टिकल ल्याब’, ‘कुकरी’ र ‘हस्पिटालिटी ट्रेनिङ सेन्टर, माइक्रोप्रोसेसर ल्याबहरू कलेजमा उपलब्ध छन्।

यस कलेजको सबैभन्दा बलियो पक्ष भनेको यहाँको अत्याधुनिक र दूरदर्शी ‘आईटी प्राक्टिसिङ हब’ हो। कलेजले परम्परागत कोडिङभन्दा माथि उठेर विद्यार्थीहरूलाई डेटा साइन्स, रोबोटिक्स, एआई, अटो मेसिन लर्निङ, साइबर सेक्युरिटी, नानो टेक्नोलोजी, एआई चिप्स, न्यूरालिङ्क, क्वान्टम कम्प्युटिङ, क्लाउड कम्प्युटिङ, र लार्ज ल्याङ्ग्वेज मोडलजस्ता अत्याधुनिक प्रविधिमा अनुसन्धान र सफ्टवेयर इन्जिनियरिङको अभ्यास गराइरहेको छ।

विद्यार्थीलाई अन्तर्राष्ट्रिय अवसरसँग जोड्न मोर्गनले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रविधि कम्पनीहरूसँग सहकार्य विस्तार गरेको छ।

विद्यार्थीलाई अन्तर्राष्ट्रिय अवसरसँग जोड्न मोर्गनले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रविधि कम्पनीहरूसँग सहकार्य विस्तार गरेको छ। इन्टर्नसिप, औद्योगिक भ्रमण र व्यावसायिक अनुभव मार्फत विद्यार्थीलाई रोजगार बजारका लागि तयार पारिन्छ। कलेजका धेरै स्नातकहरू स्वदेश तथा विदेशका प्रतिष्ठित सूचना प्रविधि कम्पनीहरूमा कार्यरत रहेको कलेजको दाबी छ।

पढाइका साथै विद्यार्थीको शारीरिक विकासका लागि फुटसल कोर्ट, बास्केटबल कोर्ट, तथा क्रिकेट, ब्याडमिन्टन र टेबल टेनिसका व्यावसायिक कोर्टहरू निर्माण गरिएका छन्।

हाल ५,५०० भन्दा बढी विद्यार्थीहरू अध्ययनरत यस कलेजमा ३५० भन्दा बढी उच्च योग्य, अनुसन्धानकर्ता र व्यावसायिक रूपमा प्रशिक्षित प्राध्यापकहरू कार्यरत छन्। यदी तपाईं पनि २१औँ शताब्दीको बजारले खोजेजस्तो दक्ष, प्रविधिमैत्री र विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्ने कुशल ‘आईटी लिडर’ वा सफल उद्यमी बन्ने सपना देख्दै हुनुहुन्छ भने, मोर्गन इन्टरनेसनल कलेज तपाईंको त्यो सपनालाई साकार पार्ने सही माध्यम हुन सक्छ ।

Logo