काठमाडौं । गुणस्तरीय व्यवस्थापन र सूचना प्रविधिको क्षेत्रमा अन्तर्राष्ट्रिय स्तरको शिक्षा प्रदान गर्दै आइरहेको युनिग्लोब कलेज नेपालकै अग्रणी र प्रतिष्ठित शैक्षिक संस्थाको रूपमा स्थापित छ। सन् २००९ मा स्थापना भई काठमाडौँको नयाँ बानेश्वरमा अवस्थित यस कलेज पोखरा विश्वविद्यालयसँग सम्बन्धन प्राप्त संस्था हो।
स्नातक तहमा कलेजले ब्याचलर अफ बिजनेस एडमिनिस्ट्रेशन, ब्याचलर अफ बिजनेस एडमिनिस्ट्रेशन–फाइनान्स तथा ब्याचलर अफ कम्प्युटर सिस्टम एण्ड इन्फर्मेसन टेक्नोलोजी (बीएससीआईटी) कार्यक्रम सञ्चालन गर्दै आएको छ । व्यवहारिक सिकाइ, उद्योगसँगको सम्पर्क र विद्यार्थीकेन्द्रित शिक्षण प्रणालीका कारण यी कार्यक्रम विद्यार्थीको रोजाइमा पर्दै आएका छन्।
शैक्षिक उत्कृष्टता र आधुनिक प्रविधिको यो अनुपम सङ्गमले गर्दा नै युनिग्लोब कलेज आज नेपालकै अग्रणी विजनेस स्कुलका रूपमा स्थापित हुन सफल छ।
भौतिक पूर्वाधारले सुसज्जित र शान्त वातावरणमा अवस्थित युनिग्लोब कलेजको सबैभन्दा ठूलो परिचय यसको उत्कृष्ट शैक्षिक उपलब्धि हो। पोखरा विश्वविद्यालयको दीक्षान्त समारोहहरूमा कलेजले ३५ गाेल्ड मेडल्स जित्न सफल भएको छ, जसमा २०२४ को एकै ब्याचबाट १४ जना विद्यार्थीले गाेल्ड मेडल्स प्राप्त गरेका थिए। प्रत्येक दीक्षान्त समारोहमा युनिग्लोबका ठूलो संख्यामा विद्यार्थी डिन्स लिस्टमा पर्नु कलेजको शैक्षिक गुणस्तरको प्रमाण मानिन्छ। कलेजले राष्ट्रिय स्तरमा समेत उल्लेखनीय सम्मान प्राप्त गरेको छ ।
अनुसन्धानलाई प्राथमिकता दिने युनिग्लोबले हालसम्म १४ अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गरिसकेको छ, जुन नेपालका निजी कलेजमध्ये उल्लेखनीय उपलब्धि मानिन्छ । यस मञ्चले विद्यार्थीहरूलाई अन्तर्राष्ट्रियस्तरको नेटवर्किङ र कर्पोरेट लिडरहरूसँग प्रत्यक्ष अन्तर्क्रिया गर्ने सुनौलो अवसर प्रदान गर्दै आएको छ।
नेपालका व्यवसायिक कलेजहरूमध्ये युनिग्लोबले पहिलोपटक इनक्युबेसन सेन्टर स्थापना गर्दै नवप्रवर्तन र उद्यमशीलतालाई प्रोत्साहन दिएको थियो।
साथै, नेपालका व्यवसायिक कलेजहरूमध्ये युनिग्लोबले पहिलोपटक इनक्युबेसन सेन्टर स्थापना गर्दै नवप्रवर्तन र उद्यमशीलतालाई प्रोत्साहन दिएको थियो। यसका साथै, वित्तीय क्षेत्रमा करियर बनाउन चाहने विद्यार्थीहरूका लागि कलेजको ‘युनिग्लोब फाइनान्स ल्याब’ उत्कृष्ट अभ्यास केन्द्र सावित भएको छ।
३,१५० भन्दा बढी स्नातक उत्पादन गरिसकेको युनिग्लोबका पूर्वविद्यार्थी बैंक तथा वित्तीय संस्था, सरकारी निकाय, निजी क्षेत्र तथा अन्तर्राष्ट्रिय संस्थामा नेतृत्वदायी भूमिकामा कार्यरत छन्। आधारभुतसँगै व्यवस्थापन कोर्षलाई विशिष्टिकृत गरेर कलेजले अध्यापन गराउने हुनाले विद्यार्थीको दक्षता अभिवृद्धिमा समेत विशेष मद्दत पुग्ने गरेको छ । शैक्षिक उत्कृष्टता र आधुनिक प्रविधिको यो अनुपम सङ्गमले गर्दा नै युनिग्लोब कलेज आज नेपालकै अग्रणी विजनेस स्कुलका रूपमा स्थापित हुन सफल छ।






























