काठमाडौं ,६,मंशिर
सरकारले बाढीबाट भएको क्षति पुनस्र्थापनाका लागि दाता सम्मेलन गर्ने तयारी गरेको छ । बाढी पुनस्र्थापनाका लागि आवश्यक बजेट जुटाउने उद्देश्यले सम्मेलन आयोजना गर्न लागिएको हो । "/>

सरकार फेरि दाता सम्मेलनको तयारीमा

सरकार फेरि दाता सम्मेलनको तयारीमा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ,६,मंशिर
सरकारले बाढीबाट भएको क्षति पुनस्र्थापनाका लागि दाता सम्मेलन गर्ने तयारी गरेको छ । बाढी पुनस्र्थापनाका लागि आवश्यक बजेट जुटाउने उद्देश्यले सम्मेलन आयोजना गर्न लागिएको हो । आगामी डिसेम्बर पहिलो साता भित्र दाता सम्मेलन आयोजना गर्ने तयारी भइरहेको राष्ट्रिय योजना आयोगले जानकारी दिएको छ । आयोगको नेतृत्वमा हुने उक्त सम्मेलनमा अन्तर्राष्ट्रिय दाताहरुलाई आमन्त्रण गरी सहयोगको अपिल गरिनेछ ।
आयोगले हालै सार्वजनिक गरेको ‘बाढीपछिको पुनस्र्थापना आवश्यकता आंकलन’ प्रतिवेदनमा बाढीले पु¥याएको क्षति पुनस्र्थापनाका लागि करिब ७३ अर्ब २२ करोड ४८ लाख रुपैयाँ आवश्यक हुने औंल्याइएको छ । प्रतिवेदन अनुसार गएको साउन–भदौमा आएको बाढीबाट ६१ अर्ब ८४ करोड ४८ लाख रुपैयाँ बराबरको क्षति पुगेको छ । आयोगका कार्यक्रम निर्देशक शिवरञ्जन पौडेलले आयोगले तयार गरेको पुनस्र्थापना आवश्यकता आंकलन प्रतिवेदनबारे दातृ निकायलाई जानकारी गराउन र पुनस्र्थापना कार्यमा सहयोगको अपिल गर्न सम्मेलन आयोजना गर्न लागिएको बताए । ‘बाढीबाट क्षति पुगेका आवास, कृषि, सिँचाइ, पूर्वाधार, खानेपानी लगायत विभिन्न क्षेत्रको पुनर्निर्माण/पुनस्र्थापनाका लागि कुन दाताबाट कसरी सहयोग जुटाउन सकिन्छ भन्नेमा सम्मेलन केन्द्रित हुनेछ,’ उनले भने, ‘सरकारबाट प्राथमिकता निर्धारण गरिएको क्षेत्रमा सहयोगका लागि दाता समक्ष अपिल गरिनेछ ।’
नागरिकबाट

Skip This
Skip This
Logo