बागलुङ ,६,मंशिर

चुनावी प्रचारमा हिँडेको नेपाली काँग्रेसको टोलीलाई लक्षित गरी निसीखोला गाउँपालिका–३ याङ्म्याङ् भन्ने स्थानमा अज्ञात समूहले बम प्रहार गरेको छ । "/>

बागलुङमा काँग्रेसको प्रचार टोली माथि बम प्रहार

बागलुङमा काँग्रेसको प्रचार टोली माथि बम प्रहार

केन्द्रबिन्दु
0
Shares

बागलुङ ,६,मंशिर

चुनावी प्रचारमा हिँडेको नेपाली काँग्रेसको टोलीलाई लक्षित गरी निसीखोला गाउँपालिका–३ याङ्म्याङ् भन्ने स्थानमा अज्ञात समूहले बम प्रहार गरेको छ । निसीखोला गाउँपालिका अध्यक्ष तारानाथ पौडेल सहितको टोली मंगलबार दिउँसो जंगलको बाटो हिँडिरहेको बेला बम प्रहार भएको हो । नजिकैबाट फालिएको बम रूखमा ठोक्किएर बाटो तल पुगेर विस्फोट भएको जनाइएको छ । विस्फोटबाट कुनै मानवीय क्षति नभएको निसीखोला गाउँपालिकाका अध्यक्ष तारानाथ पौडेलले जानकारी दिए । सोही स्थानमा केही दिन अघि विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले मतदाता शिक्षा सामग्री लुटेर नष्ट गरेका थिए ।

हिजो साँझ भएको बम विस्फोटमा संलग्नको पहिचान नभए पनि विप्लव समूहले नै गरेको हुन सक्ने आशंका गरिएको छ । घटनामा संलग्नको खोजी कार्य चलिरहेको प्रहरीले जनाएको छ । हिजो राति सहकारी तथा गरिबी निवारण राज्यमन्त्री चम्पादेवी खड्काको बागलुङस्थित घरमा पनि बम विस्फोट गराइएको थियो ।
रासस

Skip This
Skip This
Logo