राष्ट्रपतिसँग फ्रान्सका राजदूतको बिदाइ भेट

राष्ट्रपतिसँग फ्रान्सका राजदूतको बिदाइ भेट

केन्द्रबिन्दु
3
Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि फ्रान्सका राजदूत भर्जिनी कोर्टेभालले आज राष्ट्रपति भवनमा शिष्टाचार बिदाइ भेट गरेकी छन् ।

त्यस अवसरमा नेपाल र फ्रान्सबीचको द्विपक्षीय सम्बन्ध, आपसी हित तथा चासोका विषयमा कुराकानी भएको थियो ।

राष्ट्रपति पौडेलले आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्न गरेकोमा राजदूत कोर्टेभाललाई बधाई दिँदै आगामी दिनका लागि शुभकामना व्यक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

Logo