विष्णु पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरणमा मुद्दा दायर, २० करोड ९० लाख बिगो दाबी

विष्णु पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरणमा मुद्दा दायर, २० करोड ९० लाख बिगो दाबी

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरणको कसुरमा विशेष अदालतमा मुद्दा दायर भएको छ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको अनुसन्धान प्रतिवेदनका आधारमा विशेष सरकारी वकिल कार्यालयले २० करोड ९० लाख रुपैयाँ बिगो दाबी गर्दै अदालतमा अभियोगपत्र पेस गरेको हो।

अभियोगपत्रमा पौडेलले व्यवसायी दीपक भट्टसँग मिलीभगत गरी आफ्नो पद र प्रभावको दुरुपयोग गरेको उल्लेख छ। सहजीकरण गरिदिएबापत आर्थिक लाभ प्राप्त गर्ने गलत नियतका साथ श्रीराम टोबाको उद्योग प्रालिको उच्च मूल्यको सेयरलाई न्यून मूल्यमा प्रतिवादी दीपक भट्टको कम्पनी हिमालयन एसेष्ट म्यानेजमेन्ट प्रालिलाई दिलाएको अभियोग पौडेलमाथि लगाइएको छ। विभागको लामो अनुसन्धानपछि सरकारी वकिल कार्यालयले यो मुद्दालाई विशेष अदालत पुर्‍याएको हो।

पाैडेल सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका लागि ८ असारमा सुर्खेतबाट पक्राउ परेका थिए । सोमबार उनको पाँचाैँपटक म्याद थप गरिएकाे थियाे ।

Logo