काठमाडौं । नेकपा एमालेका पूर्वसांसद लक्ष्मी महतो कोइरीलाई कारागार मुक्त गर्न सर्वोच्च अदालतले आदेश दिएको छ ।
थमनविक हत्या प्रकरणमा उच्च अदालत जनकपुरबाट पाँच वर्ष जेल सजाय सुनाएसँगै कोइरीलाई जलेश्वर कारागार चलान गरिएको थियो । तर आज बन्दी प्रत्यक्षकरण रिटको सुनवाइमा न्यायाधीशद्वय श्रीकान्त पौडेल र कुमार रेग्मीको संयुक्त इजलासले कोइरीलाई थुनामुक्त गर्न आदेश दिएको हो ।































