काठमाडौं । नेपालको डिजिटल रूपान्तरणको यात्रामा नयाँ पुस्ताका उदीयमान प्रतिभाहरूले नेतृत्व लिन थालेका छन् । यसै क्रममा, एक प्रखर बाल आविष्कारक एवं कोडर प्रविधि अधिकारी प्रतिष्ठित ‘योङ्ग साइन्टिस्ट प्रोग्राम’मा आबद्ध हुनुभएको छ ।
यो यस्तो मञ्च हो जहाँ बालबालिकाको जिज्ञासालाई रचनात्मकतामा ढाल्दै वास्तविक संसारका प्राविधिक समस्या समाधान गर्न सक्षम बनाइन्छ ।
प्रविधिले प्रविधिको क्षेत्रमा रहेका परम्परागत सामाजिक घेराहरूलाई तोड्दै अन्य कोडर छात्राहरूका लागि समेत एउटा बलियो प्रेरणाको स्रोत खडा गर्नुभएको छ । कोडिङ, गेम डेभलपमेन्ट, समस्या समाधान गर्ने क्षमता र सामूहिक सहकार्यका माध्यमबाट यस कार्यक्रमले विद्यार्थीहरूमा भविष्यका लागि आवश्यक प्राविधिक सीप र आत्मविश्वास विकास गराउँदै आएको छ ।
पारिवारिक वातावरण र मार्गदर्शन
कुनै पनि युवा प्रतिभाको सफलता पछाडि बलियो पारिवारिक मार्गदर्शनको ठूलो भूमिका हुन्छ । प्रविधिका अभिभावकहरू नेपाली सूचना प्रविधि र साइबर सुरक्षा क्षेत्रका स्थापित व्यक्तित्व हुनुहुन्छ:
चिरञ्जीवी अधिकारी (बुबा): क्यान महासंघका कार्यवाहक अध्यक्ष, नेपालका स्थापित साइबर सुरक्षा विज्ञ, तथा वन कभर प्राइभेट लिमिटेडका संस्थापक/सीईओ ।
आमा: नेपालको लोकप्रिय प्रविधि पत्रिका आईसीटी फ्रेम म्यागेजिनकी संस्थापक अध्यक्ष ।
अभिभावकद्वयले नेपाली बालबालिकालाई अन्तर्राष्ट्रिय स्तरको प्रविधि शिक्षा प्रदान गर्न दुरशिक्षा एजुकेसन नेटवर्कले खेलेको भूमिकाको उच्च प्रशंसा गरेका छन् । दुरशिक्षाले अमेरिकाको सबैभन्दा पुरानो र प्रतिष्ठित प्रविधि अनुसन्धान तथा प्रमाणीकरण संस्था एसटीईएमडटओआरजीसँगको साझेदारीमा विश्वस्तरीय शिक्षण विधि नेपाल भित्र्याएको छ ।
यस्ता दुरगामी अभियानहरूका कारण प्रविधि अधिकारी जस्ता बाल आविष्कारकहरू केवल कोड लेख्न मात्र सिकिरहेका छैनन्, बरु एक समृद्ध र डिजिटल नेपालको बलियो जग निर्माण गर्दैछन् ।































