अमेरिकी सेनाद्वारा लगातार छैटौँ रात इरानमाथि आक्रमण

अमेरिकी सेनाद्वारा लगातार छैटौँ रात इरानमाथि आक्रमण

केन्द्रबिन्दु
15
Shares

काठमाडौं । अमेरिकी सेनाले लगातार छैटौँ रात इरानभित्रका विभिन्न सैन्य अड्डाहरूमा आक्रमण गरेको छ । मध्यपूर्वमा अमेरिकी सैन्य गतिविधिको जिम्मेवारी सम्हाल्ने अमेरिकी सेन्ट्रल कमान्डले सामाजिक सञ्जाल एक्समार्फत जारी गरेको विज्ञप्तिमा पूर्वी अमेरिकी समयअनुसार दिउँसो २ बजे इरानको सैन्य क्षमता थप कमजोर पार्ने उद्देश्यले नयाँ आक्रमण सुरु गरिएको जनाएको छ ।

इरानको सरकारी समाचार एजेन्सी इर्नाका अनुसार दक्षिणी सहर बुशेहरमा विष्फोटका आवाज सुनिएका छन् । बुशेहर इरानको प्रमुख आणविक ऊर्जा केन्द्र रहेको सहर हो, जहाँ यसअघि पनि इजरायल–इरान तथा अमेरिका–इरान तनावका क्रममा आक्रमण भएको थियो ।

इरानी सरकारी सञ्चारमाध्यमका अनुसार अमेरिकी आक्रमणमा दक्षिणी इरानको बन्दर खमिरस्थित एउटा पुल तथा इरानशहर विमानस्थलमा क्षति पुगेको छ । यसका साथै अहवाज सहर र क्युसम टापु पनि आक्रमणको निशानामा परेका छन् ।

सरकारी टेलिभिजन आईआरआईबीले टेलिग्राममार्फत सार्वजनिक गरेको विवरणमा दक्षिण–पूर्वी इरानस्थित इरानशहर विमानस्थल वरपर तीनवटा विष्फोटका आवाज सुनिएको र कम्तीमा एउटा अमेरिकी क्षेप्यास्त्र विमानस्थल क्षेत्रमा खसेको उल्लेख गरिएको छ ।

इरानको अर्धसरकारी सञ्चारमाध्यम वाईजेसी न्युजका अनुसार अमेरिकी आक्रमण बन्दर अब्बास रेलवे जङ्सनमा पनि भएको छ । उक्त घटनामा दुईजना घाइते भएको जनाइएको छ ।पछिल्ला केही दिनयता दक्षिणी बन्दरगाह सहर बन्दर अब्बास अमेरिकी आक्रमणको प्रमुख निशानामा पर्दै आएको छ ।

यसैबीच, अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा लागु गरिएको नौसैनिक नाकाबन्दीको कार्यान्वयन कडाइका साथ भइरहेको जनाएको छ । सेन्ट्रल कमान्डका अनुसार होर्मुज जलमार्ग क्षेत्रमा एउटा जहाजमा चढेर नियन्त्रणमा लिई खानतलासी गरिएको छ । साथै नाकाबन्दी उल्लंघन गर्ने प्रयास गरेका तीनवटा व्यावसायिक जहाजलाई फर्काइएको र आदेश उल्लंघन गर्ने एउटा जहाजलाई निष्क्रिय पारिएको दाबी गरिएको छ । डीडब्ल्यू

Logo