रामेछाप , ५, मंशिर

जिल्ला प्रशासन कार्यालय रामेछापले जिल्लाको सुनापति गाउँपालिका ४ को बेथानलाई मंगलबार देखि लागु हुने गरि दंगाग्रस्त क्षेत्र घोषणा गरेको छ। "/>

रामेछापको बेथान दंगाग्रस्त क्षेत्र घोषणा

रामेछापको बेथान दंगाग्रस्त क्षेत्र घोषणा

केन्द्रबिन्दु
0
Shares

रामेछाप , ५, मंशिर

जिल्ला प्रशासन कार्यालय रामेछापले जिल्लाको सुनापति गाउँपालिका ४ को बेथानलाई मंगलबार देखि लागु हुने गरि दंगाग्रस्त क्षेत्र घोषणा गरेको छ। निर्वाचनका हिसाबले जिल्लाको प्रदेशसभा ख अन्तर्गत रहेको उक्त स्थानमा बाम गठबन्धनले मंगलबार बृहत चुनावी प्रचारको आम सभा गर्न लागेको थियो । गठबन्धनका उम्मेदवार सहितको चुनावी प्रचार प्रसारको टोली केही समय अघि सो स्थानमा कार्यक्रम गर्न नसके पछि फिर्ता भएको थियो । गठबन्धनले स्थानीय प्रशासनमा सुरक्षाको माग गर्दै औपचारिक पत्र लेखेर मंगलबारका लागि कार्यक्रम यस अघि नै तय गरेको थियो ।

बामगठबन्धनको कार्यक्रमको जानकारी पहिले नै भएको र पछिल्लो समय लोकतान्त्रिक गठबन्धनले समेत सो क्षेत्रको आसपासमा एकै दिन कार्यक्रमको लागि तयारी गरेको जानकारी प्राप्त भएकाले सो क्षेत्रमा अप्रिय घटना नहोस भन्नका लागि जिल्ला सुरक्षा समितिको सोमबारको बैठकले सो निर्णय गरेको निमित प्रमुख जिल्ला अधिकारी यज्ञ प्रसाद शर्माले जानकारी दिए। उनले चुनावी दौडाहामा रहेका बाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनले एकैसाथ कार्यक्रम गर्दा सो क्षेत्रमा जुलुस भिड वा संगठित समूह बीच हिंसात्मक वा विध्वंसात्मक गतिविधि हुने र त्यसले अप्रिय नतिजा आउन सक्ने संभावना देखिएकाले स्थानीय प्रशासन ऐन ०२८ को दफा ख बमोजिम सो क्षेत्रलाई दंगाग्रस्त क्षेत्र घोषणा गरिएको जानकारी दिए । सो क्षेत्रमा चुनावी प्रचार प्रसारका कुनै पनि गतिविधि समेत गर्न नपाउने गरी जिल्ला स्थित सबै पार्टीका सम्बद्ध मानिस र कार्यालयहरुमा पत्राचारका साथै मौखिक रुपमा समेत जानकारी गराइएको शर्माले बताए ।
नागरिकबाट

Logo