उद्योग वाणिज्य महासङ्घ : प्रधान र ढकाल समूहको मनोनयन दर्ता

उद्योग वाणिज्य महासङ्घ : प्रधान र ढकाल समूहको मनोनयन दर्ता

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपाल उद्योग वाणिज्य महासङ्घको आसन्न निर्वाचनका लागि किशोरकुमार प्रधान र चन्द्र ढकाल प्यानलका उम्मेदवारहरुले मनोनयन दर्ता गराएका छन् । महासङ्घको केन्द्रीय कार्यालय टेकुमा दुवै प्यानलका उम्मेदवारले मनोनयन दर्ता गराएका हुन् ।

महासङ्घको वरिष्ठ उपाध्यक्षमा मनोनयन दर्ता गराएका प्रधान प्यानलमा वस्तुगत उपाध्यक्षमा अन्जन श्रेष्ठ, जिल्ला नगर उपाध्यक्षमा दिनेश श्रेष्ठ र एसोसिएटतर्फको उपाध्यक्षमा सौरभ ज्योति रहेका छन् । यसैगरी ढकाल प्यानलबाट वस्तुगत उपाध्यक्षमा उमेशलाल श्रेष्ठ, जिल्ला नगर उपाध्यक्षमा गुणनिधि तिवारी र एशोसिएट उपाध्यक्षमा रामचन्द्र सङ्घाईले उम्मेदवारी दर्ता गराएका हुन् ।

प्रधान समूहलाई हालका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा तथा ढकाललाई पूर्वअध्यक्ष चण्डीराज ढकालको साथ रहेको छ । प्रधान समूहमा वस्तुगततर्फको सदस्यमा अरनिको राजभण्डारी, अशोक शर्मा, विप्लवमान सिंह, विष्णु गैरे, दिपक दाहाल, गोविन्द ढुङ्गेल, माधवलाल श्रेष्ठ, महेशलाल प्रधान, मीनमान श्रेष्ठ, रामबहादुर श्रेष्ठ, शकुन्तलाल हिराचन, सन्दीप अग्रवाल, शारदा रिजाल, शिवप्रसाद घिमिरे र सुनिलगोपाल श्रेष्ठले उम्मेदवारी दर्ता गराएका छन् । यसैगरी ढकाल समूहमा वस्तुगततर्फ केन्द्रीय सदस्यमा हेमराज ढकाल, आकाश अधिकारी, कमला श्रेष्ठ, जय सिवाकोटी, सुवास भण्डारी, प्रकाशसिंह कार्की, भक्त हमाल, सुवोधकुमार गुप्ता, सुमित केडिया, रवीनकुमार श्रेष्ठ र नरेशलाल श्रेष्ठले उम्मेदवारी दर्ता गराएका छन् ।

प्रधान प्यानलबाट जिल्ला नगरतर्फका सदस्यमा अरुणराज सुमार्गी (पराजुली), मोहन साह, जगत खड्का, यज्ञप्रसाद भट्टराई, कमानबहादुर खड्का, महेन्द्र श्रेष्ठ, अशोक अमात्य, तारानाथ घिमिरे, उमेश घिमिरे, रोमश्वर मानन्धर, अशोक ताम्राकार, गजेन्द्र भगत, गोपाल केडिया र देवकुमार श्रेष्ठले उम्मेदवारी दिएका छन् । यसैगरी जिल्ला नगरतर्फबाट ढकाल समूहबाट अशोक ताम्राकार, तारानाथ घिमिरे, उमेश डामिया, राजन श्रेष्ठ, बोधनाथ दुवाडी, कमल श्रेष्ठ, नन्दलाल वैश्य, सुरकृष्ण वैद्य लगायतको उम्मेदवारी दर्ता भइसकेको छ ।

एशोसिएट्सतर्फमा प्रधान समूहबाट सदस्यहरुमा विजयसिंह वैद्य, रञ्जित आचार्य, कृष्णप्रसाद दुलाल, राजेश अग्रवाल, साहिल अग्रवाल, आनन्द वगरिया, मंगेशलाल श्रेष्ठ, अशोक टिमानी, सुनील नारायण श्रेष्ठ, ज्योत्सना श्रेष्ठ, प्रबलजङ्ग पाण्डे, सन्दीप गडिया, हेमन्त गोल्छा, शक्ति बेगानी, उदीप श्रेष्ठले उम्मेद्वारी दर्ता गराएका छन् । यसैगरी ढकाल समूहबाट एशोसिएट्सतर्फका सदस्यहरुमा अजित बस्नेत, अम्बिकाप्रसाद पौडेल, रामशरण थपलिया, भरत आचार्य, विनोद ढकाल, विराट थापा, गोपाल खनाल, कृष्णलाल महर्जन, बाबुकाजी कार्कीले उम्मेद्वारी दर्ता गराएका हुन् ।

प्रधान समूहबाट एसोसिएटतर्फको उपाध्यक्षमा सौरभ ज्योतिसहित बाँकी सदस्यहरुको उम्मेद्वारी दर्ता छिटै गरिने प्रधान समूहका निर्वाचन प्रचारप्रसार संयोजक अरुणराज सुमार्गीले जानकारी दिनुभयो । उहाँका अनुसार कोरोना सङ्क्रमणका कारण स्वास्थ्य मापदण्डलाई ध्यानमा राख्दै उम्मेद्वारी दर्ता गरिनेछ ।

यसैगरी ढकाल समूहका बाँकी रहेका सदस्यहरुको उम्मेदवारी दर्ता छिटै गरिने जिल्ला नगरतर्फका उपाध्यक्ष गुणनिधि तिवारीले जानकारी दिए ।

गत चैत्रमा हुनुपर्ने महासङ्घको ५४ औं साधारणसभा तथा निर्वाचन कोभिड–१९ का कारण स्थगित भएको थियो । महासङ्घको ५४औं वार्षिक साधारणसभा तथा निर्वाचन आगामी मङ्सिर ११, १२ र १३ गते काठमाडौंमा हुँदैछ । पछि पटकपटक साधारणसभा तथा निर्वाचनको मिति तोकिए पनि कोभिड–१९ को सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले जारी गरेका लकडाउन तथा निषेधाज्ञाका कारण साधारणसभा हुन सकेको थिएन ।रासस

Skip This
Skip This
Logo