भारतबाट ६ हजार २ सय ७० टन डीएपी मल आउँदै

भारतबाट ६ हजार २ सय ७० टन डीएपी मल आउँदै

केन्द्रबिन्दु
0
Shares

विराटनगर । धान रोपाइँको मुख्य सिजनमा कोशी प्रदेशमा देखिएको रासायनिक मल अभाव केही कम हुने भएको छ । ६ हजार २ सय ७० मेट्रिक टन डीएपी मल बोकेका सात वटा ट्रक कोलकाताबाट नेपालतर्फ प्रस्थान गरेको कृषि सामग्री कम्पनी लिमिटेड कोशीका निमित्त प्रमुख कमल पोखरेलले जनाए। पोखरेलले भने, ‘मल बढीमा तीन दिनभित्र नेपाल आइपुग्नेछ।’

मल आएपछि तत्काल प्रदेशका शाखामा ढुवानी गरी किसानलाई वितरण सुरु गरिने उनले बताए । उनका अनुसार धान रोपाइँका बेला सबैभन्दा बढी आवश्यक पर्ने मल डीएपी हो। युरिया भने धान रोपेको करिब २२ दिनपछि मात्रै प्रयोग गरिने भएकाले डीएपीपछि युरियाको आपूर्ति गरिनेछ।

यसपटक सरकारले आयात गरेको कुल डीएपीमध्ये २० दशमलव ६ प्रतिशत कोटा कोशी प्रदेश तथा मधेशका सिरहा र सप्तरी जिल्लाका लागि छुट्याइएको छ। स्थानीय मल आपूर्ति समितिको सिफारिसका आधारमा शाखा कार्यालय र सहकारीमार्फत वितरण हुनेछ । मोरङमा मात्रै धान सिजनका लागि करिब ५ हजार ५ सय मेट्रिक टन डीएपी आवश्यक पर्ने अनुमान छ।

यो बर्ष नेपालका लागि भारतबाट ५० हजार मेट्रिक टन रासायनिक मल हुँदैछ । ३० हजार टन युरिया र २० हजार टन डीएपी आपूर्ति गर्न राष्ट्रिय केमिकल एण्ड फर्टिलाइजर लिमिटेडले अन्तर्राष्ट्रिय टेन्डर पाएको थियो।

Logo