काठमाडौं ।
केन्द्रबिन्दु अनलाइन मिडियाबाट हरेक दिन प्रसारण हुने केन्द्रबिन्दु बुलेटिनमा हामीले दिनभरका महत्वपूर्ण पाँच समाचारलाई केन्द्रबिन्दु बुलेटिनका रुपमा प्रस्तुत गर्दै आएका छौँ । समाचारको कुरोभित्रको चुरो पत्ता लगाउने हाम्रो प्रयास हो ।
यो बुलेटिन केन्द्रबिन्दु अनलाइन मिडियाको युट्युब च्यानल र केन्द्रबिन्दु अनलाइनबाट हरेक दिन प्रसारण हुने गर्छ । प्रत्येक दिन खोजमुलक र समसामयिक विषयवस्तु पस्कने हाम्रो प्रयास हो ।
हाम्रो यस बुलेटिनमा केही सल्लाह, सुझाव र प्रतिक्रिया भएमा लेखि पठाउन नभूल्नुहोला । आफ्नो प्रतिक्रिया पठाउनका लागि केन्द्रबिन्दु अनलाइन मिडियाका जुनसुकै माध्यम प्रयोग गर्न सक्नु हुनेछ ।
आज पनि हामीले महत्वपूर्ण पाँच समाचारहरू प्रस्तुत गरेका छौँ । आजका प्रमुख समाचारहरु मध्ये प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा नदिने बताएका छन् । पछिल्लो समय पार्टी भित्रैबाट राजीनामा दिन दवाव सिर्जना भएको अवस्थामा प्रधानमन्त्री ओलीले देशका लागि भएपनि राजीनामा नदिने स्पष्ट पारेका हुन् ।
भारतीय स्थलसेनाध्यक्ष जनरल मनोजमुकुन्द नरवणे नेपालको तीनदिने भ्रमणका लागि आज काठमाडौं आइपुगेका छन् । प्रधानसेनापति पूर्णचन्द्र थापाको औपचारिक निमन्त्रणामा पत्नीसहित काठमाडौं आएका उनी भोलिबाट औपचारिक कार्यक्रममा सरिक हुनेछन् ।
कोरोना वीमावापतको दावी भुक्तानी गर्न वीमा कम्पनीहरु निकै सुस्त देखिएका छन् । वीमा कम्पनीहरुले कोरोना वीमाको दावी भुक्तानी सुस्त बनाएपछि सरकारले एक साताभित्र भुक्तानी दिन निर्देशन दिएको छ ।
विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस भारतमा तीव्ररुपमा फैलिरहेको छ । कोभिड १९ को संक्रमणबाट अहिलेसम्म एक लाख २३ हजार ६ सय भन्दा बढीले ज्यान गुमाइसकेका छन् भने ८३ लाख १३ हजार भन्दा बढी संक्रमित छन । तर यही कोरोनाको भुमरी बनेको भारत पस्न सीमानाकामा नेपालीहरुको भीड लागेको देखिन्छ ।
यतिबेला विश्व समुदायको ध्यान अमेरिकी राष्ट्रपतीय निर्वाचनमा केन्द्रित छ । निर्वाचनको मतगणना चलिरहँदा वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प र अर्का प्रतिस्पर्धी पूर्वउपराष्ट्रपति जो बाइडेनबीच कडा प्रतिस्पर्धा भएको छ ।































प्रतिक्रिया