केन्द्रविन्दु समाचारदाता

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई पुत्रशोक परेको छ । "/>

प्रचण्डलाई पुत्र शोक, छोरा प्रकाशको अकस्मात निधन

प्रचण्डलाई पुत्र शोक, छोरा प्रकाशको अकस्मात निधन

केन्द्रबिन्दु
0
Shares

केन्द्रविन्दु समाचारदाता

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई पुत्रशोक परेको छ । उनका छोरा प्रकाश दाहालको आज विहान नर्भिक अस्पताल थापाथलीमा निधन भएको हो । एक्कासी हृदयघात भएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । विहान ५ बजे अस्पताल भर्ना गरिए पनि उनको पहिले नै निधन भइसकेको बताइएको छ । अस्पताल व्यवस्थापनले यस विषयमा कसैलाई पनि अहिले सम्म आधिकारिक जानकारी भने दिएको छैन ।

नर्भिक अस्पतालमा अहिले नेकपा माओवादी केन्द्रका नेता रामबहादुर थापा लगायतका अन्य नेताहरु पुगिसकेका छन् । अस्पतालमा अहिले सुरक्षा व्यवस्था कडा पारिएको छ । अस्पतालमा यतिबेला माओवादीका शीर्ष नेताहरु आउने क्रम जारी छ । स्रोतका अनुसार उनलाई हृदयघात भएको हो । उनको अवस्थाका बारेमा अहिले अन्य कुरा बताउन नसकिने अस्पताल स्रोतले जानकारी दिएको छ । छोरालाई हृदयघात भएको खबर लगत्तै चुनावी प्रचारका लागी झापामा रहेका माओवादी केन्द्र अध्यक्ष प्रचण्ड हेलिकप्टरबाट काठमाडौं फर्किँदैछन् । थप जानकारी आउन बाँकी छ ।

Skip This
Skip This
Logo