काठमाडौं । आइसिसी क्रिकेट विश्वकप लिग–२ सिरिजमा नेपालले आज नामिबियाको सामना गर्दैछ। नेपाल र नामिबियबीचको खेल अपरान्ह २ः४५ देखि नेदरल्याण्ड्सको स्पोर्टस पार्कको मैदानमा सुरु हुनेछ।
जारी संस्करणको लिग–२ मा नेपाल र नामिबिया कठिन अवस्थामा छन्। बाँकी खेलमा दुवै टोली जित्नैपर्ने दबाबमा छन्।
ताजा स्थितिमा नेपाल पाँचौं र नामिबिया सातौं स्थानमा छ। यी दुवै टिमले समान २८ खेल खेलिसकेका छन्।
नेपाल र नामिबियाले पछिल्लोपटक दुई वर्षअघि सन् २०२४ मा सिरिजमा एकअर्काविरुद्ध प्रतिस्पर्धा गरेका थिए, जहाँ नेपाल दुईवटै खेलमा पराजित भएको थियो।
नेपालसामु आज नामिबियाविरुद्ध उक्त हारको बदला लिने मौका छ। उता नामिबिया नेपालविरुद्ध जितमा ह्याट्रिक गर्ने योजनामा छ।































