काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले सरकारमाथि प्रश्न उठाउनु अपराध भइरहेको गुनासो गरेका छन्।
सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले सरकारविरुद्ध आलोचना गर्नै नहुने भाष्य सिर्जना गरिरहेको गुनासो गरेका हुन्।
‘याद राख, प्रचारको आयु छोटो हुन्छ, सत्यको यात्रा लामो। झुटले केही समय भ्रम फैलाउन सक्छ, सत्यलाई कहिल्यै हराउन सक्दैन। सत्य एक्लै भए पनि अन्तिमसम्म खडा हुन्छ,’ शाहीले भनेका छन्।
सांसद शाहीले आफ्नो स्टाटसमा नेपाली समाजलाई सजिलै भ्रमित गर्न सकिन्छ भन्ने मानसिकताका आधारमा केही व्यक्तिले लाइक, भ्युज र आर्थिक लाभका लागि गलत सूचना फैलाइरहेको आरोपसमेत लगाएका छन्।
उनले यस्ता गतिविधिबाट कसैको बैंक खातामा डलर आए पनि सत्यलाई लामो समयसम्म दबाउन नसकिने दाबी गरेका छन्।































