कुकुरेलाले विश्वकप ट्रफी साधारण प्लास्टिकको झोलाभित्र बोकेका हुन् ?

कुकुरेलाले विश्वकप ट्रफी साधारण प्लास्टिकको झोलाभित्र बोकेका हुन् ?

केन्द्रबिन्दु
186
Shares

काठमाडाैं । फिफा विश्वकप २०२६ को उपाधि जितेपछि स्पेनको जितको खुसीयालीबीच डिफेन्डर मार्क कुकुरेला रङ्गशालाबाट बाहिरिँदै गर्दा एउटा साधारण सेतो प्लास्टिकको झोलाभित्र फिफा विश्वकप ट्रफीजस्तै देखिने वस्तु बोकेर हिँडेको भिडियो सार्वजनिक भएपछि फुटबल समर्थकहरू चकित परेका छन् ।

विश्वकपजस्तो ऐतिहासिक र प्रतिष्ठित ट्रफीलाई यसरी प्लास्टिकको झोलामा बोकिएको देखेर सुरुमा धेरैले आश्चर्य व्यक्त गरेका थिए। तर, यो भाइरल भिडियोको पछाडिका रिपोर्टहरूका अनुसार कुकुरेलाले बोकेको उक्त वस्तु सक्कली फिफा विश्वकप ट्रफी नभई लेगो ब्लकबाट बनेको ट्रफीको नक्कली ढाँचा थियो।

यसअघि मैदानमा खेलिएको सनसनीपूर्ण फाइनल भिडन्तमा स्पेनले साविक विजेता अर्जेन्टिनालाई अतिरिक्त समयमा १-० गोल अन्तरले पराजित गर्दै दोस्रो पटक विश्वकपको उपाधि आफ्नो नाममा गरेको थियो।

Logo