कीर्तिपुरमा पार्किङ गरिएको कारभित्र एकजना मृत फेला, पहिचान खुल्न बाँकी

कीर्तिपुरमा पार्किङ गरिएको कारभित्र एकजना मृत फेला, पहिचान खुल्न बाँकी

केन्द्रबिन्दु
336
Shares

काठमाडौं । कीर्तिपुरस्थित चाँदनीचोक क्षेत्रमा पार्किङ गरिएको एउटा निजी कारभित्र एक व्यक्ति जलेको अवस्थामा मृत फेला परेका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार घटनाबारे जानकारी प्राप्त भएपछि प्रहरी टोली तत्काल घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरेको छ । जलेको कारभित्र भेटिएका व्यक्तिको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

घटनाको अनुसन्धानका लागि काठमाडौं प्रहरीका एसपी पवन भट्टराईको नेतृत्वमा टोली परिचालन गरिएको छ ।

प्रारम्भिक अनुसन्धानबाट घटनाको वास्तविक कारण खुलिनसकेको र सबै पक्षबाट प्रमाण संकलन तथा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Logo