विश्वकप च्याम्पियनपछि शीर्ष स्थानमा स्पेनको कमब्याक, अर्जेन्टिना दोस्रोमा झर्‍यो

विश्वकप च्याम्पियनपछि शीर्ष स्थानमा स्पेनको कमब्याक, अर्जेन्टिना दोस्रोमा झर्‍यो

केन्द्रबिन्दु
3
Shares

काठमाडौं । विश्वकप २०२६ को उपाधि जितेसँगै स्पेन फिफाको पुरुष वरीयतामा शीर्ष स्थानमा उक्लिएको छ। जनवरीयता पहिलोपटक स्पेनले नम्बर एक स्थान पुनः प्राप्त गरेको हो।

विश्वकपको फाइनलमा स्पेनले अर्जेन्टिनालाई १–० गोलले हराएपछि सार्वजनिक नयाँ वरीयतामा अर्जेन्टिना दोस्रो स्थानमा झरेको छ। फ्रान्स भने तेस्रो स्थानमै कायम रहेको छ।

विश्वकपमा तेस्रो स्थानका लागि भएको प्रतिस्पर्धामा इंग्ल्याण्डले फ्रान्सलाई ६–४ गोलले पराजित गरेको थियो। त्यसपछि इंग्ल्याण्ड चौथो स्थानमा कायम रहँदा फ्रान्सले भने तेस्रो स्थान जोगाएको छ।

ब्राजिल एक स्थान सुधार गर्दै पाँचौं स्थानमा पुगेको छ। मोरक्कोले इतिहासकै उत्कृष्ट वरीयता हासिल गर्दै छैटौँ स्थान ओगटेको छ। यससँगै पोर्चुगल दुई स्थान खस्किएर सातौं स्थानमा पुगेको छ।

बेल्जियम एक स्थान माथि उक्लिँदै आठौं स्थानमा पुगेको छ भने नेदरल्याण्ड्स एक स्थान तल झर्दै नवौंमा सीमित भएको छ।

विश्वकपको क्वार्टरफाइनलसम्म पुगेको मेक्सिको चार स्थान सुधार गर्दै शीर्ष १० मा प्रवेश गर्न सफल भएको छ।

Logo