नामिबियाविरुद्ध नेपालको कमजोर ब्याटिङ, ५० रन जोड्न नपाउँदै तेस्रो झट्का

नामिबियाविरुद्ध नेपालको कमजोर ब्याटिङ, ५० रन जोड्न नपाउँदै तेस्रो झट्का

केन्द्रबिन्दु
12
Shares

काठमाडौं । आइसिसी क्रिकेट विश्वकप लिग–२ सिरिजअन्तर्गत नामिबियाविरुद्ध नेपालले निकै सुस्त ब्याटिङ गरेको छ। लगातार विकेट पतन भएपछि नेपालको रन गति बढ्न नसकेको हो।

नेपालले तेस्रो विकेटको रूपमा ओपनर आसिफ शेखलाई गुमायो। उनले आज ४१ बलमा एक चौकासहित १६ रन मात्र जोड्न सके।

यस्तै, ईशान पाण्डेले ३१ बलमा ८ रन तथा कुशल भुर्तेलले २ बलमा २ रन मात्र जोडे।

आज नेपालले टस हारेर पहिला ब्याटिङ गरिरहेको हो। नेपालले १६ ओभरको खेल सकिँदा महत्वपूर्ण तीन विकेट गुमाएर ४० रन जोडेको छ।

Logo