परराष्ट्रमन्त्री खनालको प्रेस सल्लाहकारमा पाण्डे नियुक्त

परराष्ट्रमन्त्री खनालको प्रेस सल्लाहकारमा पाण्डे नियुक्त

केन्द्रबिन्दु
6
Shares

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालको प्रेस सल्लाहकारमा पत्रकार जगदीश्वर पाण्डे नियुक्त भएका छन्।

मन्त्रिपरिषद्ले उनलाई विशिष्ट श्रेणी (सचिव) सरहको सल्लाहकारमा नियुक्त गरेको हो।

पाण्डेसँग कान्तिपुर दैनिक र द हिमालयन टाइम्समा परराष्ट्र नीति, रक्षा, राजनीतिक विषय, अन्तर्राष्ट्रिय विकास तथा खेलकुदसम्बन्धी रिपोर्टिङको अनुभव छ ।

Logo