नेपालको छैटौँ विकेट पतन, रोहित पनि ठूलो पारी खेल्न चुके

नेपालको छैटौँ विकेट पतन, रोहित पनि ठूलो पारी खेल्न चुके

केन्द्रबिन्दु
12
Shares

काठमाडौं । आइसिसी क्रिकेट विश्वकप लिग–२ सिरिजअन्तर्गत नामिबियाविरुद्ध नेपालको संघर्ष जारी छ।

टस हारेर ब्याटिङको मौका पाएको नेपालले ३३.१ ओभरमा महत्वपूर्ण ६ विकेट गुमाएर ९९ रन जोडेको छ।

नेपालले छैटौँ विकेटको रूपमा कप्तान रोहितकुमार पौडेललाई गुमायो। उनले आज ६० बलमा ३१ रन मात्र जोडे।

३०औँ ओभरमा नेपालले उपकप्तान दीपेन्द्र सिंह ऐरी (३०) र आसिफ शेख (शून्य) लाई गुमाएको हो। उनीहरू दुवैलाई बर्नार्ड शोल्ट्जले आउट ग

नेपालले तेस्रो विकेटको रूपमा ओपनर आसिफ शेखलाई गुमायो। उनले आज ४१ बलमा एक चौकासहित १६ रन मात्र जोड्न सके।

यस्तै, ईशान पाण्डेले ३१ बलमा ८ रन तथा कुशल भुर्तेलले २ बलमा २ रन मात्र जोडे।

Logo