रोल्पा ,२, मंशिर

रोल्पाका लागि वाम गठबन्धनको तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेका माओवादी नेता बर्षमान पुनलाई लक्षित गरेर तेस्रो पटक आक्रमण गरिएको छ । "/>

बर्षमान पुनलाई तेस्रो पटक आक्रमण

बर्षमान पुनलाई तेस्रो पटक आक्रमण

केन्द्रबिन्दु
0
Shares

रोल्पा ,२, मंशिर

रोल्पाका लागि वाम गठबन्धनको तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेका माओवादी नेता बर्षमान पुनलाई लक्षित गरेर तेस्रो पटक आक्रमण गरिएको छ । उपप्रधान तथा विना विभागीय मन्त्री कृष्ण बहादुर महरा, सभामुख ओनसरी घर्ती लगायतका नेताहरुलाई लक्षित गरि रोल्पा नगरपालिका १ भदौरे जङगलमा बम पड्काईएको हो । गत शनिबार २५ गते प्रचार–प्रसारको क्रममा सुकिदहबाट घर्तीगाउँ आउँदै गर्दा भित्ताबाङको जङगलमा एम्बुस बिष्फोट भएको थियो । बिष्फोटबाट मानविय क्षति भने भएन । पुनका सुरक्षाकर्मीले जवाफी कारबाहीमा फायरिङ गरेका थिए । कडा सुरक्षा बीच घर्तीगाउँ पार गरेर चुनावी सभाका लागि दुईखोली गाउँपालिकाको बाघमारा प्रचार–प्रसारका लागि जाँदै थिए । आइतबार उनै पुनको टोलीलाई लक्षित गरि केउरी खोलाको जङगलमा गोली प्रहार भयो । लगातार फायरिङ भएपछि त्यहाँ पनि प्रहरीले जवाफी फायरिङ गरेको थियो ।
नेपाल समाचारपत्रबाट

Skip This
Skip This
Logo