कांग्रेस सांसद शाहलाई पक्राउ नगर्न सर्वोच्च अदालतको आदेश

कांग्रेस सांसद शाहलाई पक्राउ नगर्न सर्वोच्च अदालतको आदेश

केन्द्रबिन्दु
15
Shares

काठमाडौं । सर्वोच्च अदालतले कांग्रेस सांसद अभिषेकप्रताप शाहलाई तत्काल पक्राउ नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।

बुधबार न्यायाधीश अब्दुल अजीज मुसलमानको एकल इजालासले सरकारका नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।

सर्वोच्चले अन्तरिम आदेशका लागि दुवै पक्षलाई छलफलका लागि बोलाएको छ ।

यसअघि मंगलबार सांसद शाहले आफूविरुद्ध जारी भएको पक्राउ पुर्जी बदरको माग गर्दै गृहमन्त्रालय, कपिलवस्तु जिल्ला अदालत र जिल्ला प्रहरी कार्यालय कपिलवस्तुलाई विपक्षी बनाएर रिट निवेदन दिएका थिए ।

उनीविरुद्ध कुटपिटको आरोपमा कपिलवस्तु जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको थियो ।

Logo